logo
  • २०८३ कार्तिक ३, सोमबार | Mon, 19 Oct 2026
  • नामसालिङ्गमा भएको आगलागि रहस्यमय बिद्युत नभएको र मान्छे नभएको घरबाट आगलागि सुरु ,नेता खनालद्धारा दुख ब्यक्त

    नामसालिङ्गमा भएको आगलागि रहस्यमय बिद्युत नभएको र मान्छे नभएको घरबाट आगलागि सुरु ,नेता खनालद्धारा दुख ब्यक्त

    बैशाख ३०, इलाम । बिद्युतको लाइन काटिएको र मान्छे नै नभएको घरबाट इलामको माईजोगमाई गाउँपालिका ३ नामसालिङ स्थित स्थित शुक्रबारेमा सोमबार राति आगलागि भएको छ । आगलागिबाट करिब २०÷२५ लाख रुपैंयाँ बरारबको क्षती भएको प्रारम्भिक प्रतिबेदन प्रहरलिे तयार पारेको छ । स्थानीय मांगेलाल गर्गको घरबाट आगलागि शुरु भएको आगोले गर्गको सहित छत्रकुमारी दर्जीको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

    आगलागि नियन्त्रण गर्न रुकमीणी प्रधानको घर भत्काइएको थियो । आगो करिब राती १० बजेबाट सुरु भएको थियो भने मंगलबार बिहान ३ बजे नियन्त्रणमा आएको नामसालिङ्ग प्रहरी चौकिले जनाएको छ । मांगेलाल गर्गको घरमा उहाँकै आफन्त बेद गर्गले लत्ताकपडा र जुत्ता पसल संचालन गर्दै आउनु भएको थियो । हाल उक्त घरमा कोहि नभएको र त्यस घरमा बिगत केहि समय अघि नै बिद्युत लाइन समेत काटिएको र त्यसै घरबाट आगलागि सुरु हुँदा घटना रहस्यमय भएको प्रहरी र गाउँपालिकाले जनाएको छ । आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए । पानीको अभाव भएको कारण आगो चाँडो नियन्त्रणमा लिन नसकेको बताइएको छ । आगो नियन्त्रण गर्न सूर्योदय नगरपालिका र इलाम नगरपालिकाको दमकल मगाईए पनि साँघुरो बाटो भएको कारण जान नसक्ने भन्दै दमकल पठाउन नसकेको नगरपालिकाले बताएको थियो । जिल्लाकै पूरानो बजारको रुपमा रहेको शुक्रबारे बजारमा भएको आगलागि घटनाको बारेमा अनुसन्धानलाई तिब्रता बनाइने गाउँपालिका र प्रहरीले जनाएको छ ।

    आगोले खाद्यान्न, कपडा, अन्नपात, भाँडाकुँडालगायत सबै सामान जलेर नष्ट भएको थियो । आगोले घर ध्वस्त भएपछि छत्रकुमारीको परिवार विस्थापित भएको छ । अग्नि पिडितलाई गाउँपालिकाले राहात उपलब्ध गराउने गरी प्रकृया अघि बढाइसकेको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले बताउनुभयो । यता शुक्रबारेमा भएको आगलागीको बिषयमा पुर्व प्रधानमन्त्री एवम नेकपाका बरिष्ठ नेता झलनाथ खनालले दुःख व्यक्त गर्नुभएको छ । इलाम क्षेत्र नं १ का संघिय सांसद समेत रहनु भएका खनालले एक प्रेस विज्ञप्ती जारी गर्दै पिडित परिवारलाई तत्काल उचित बसोबासको व्यवस्थाका साथै राहतको प्रवन्ध मिलाउन स्थानिय तह र सरोकारवाला निकायलाई अनुरोध गर्नुभएको छ ।



    निगरानी संवाददाता    
  • २०७७ बैशाख ३०, मंगलवार ०९:५७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP