logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • नेपालको ६१जिल्लामा २ हजार ९९ जना कोरोना संक्रमित

    नेपालको ६१जिल्लामा २ हजार ९९ जना कोरोना संक्रमित

    नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी गराउनु भएको छ ।

    देबकोटाका अनुसार २७० जना पुरुष र १८ जना महिलामा संक्रमण देखिएको हो। 

    आज थपिएका २८८ सहित नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिनु भयो ।संक्रमण देखिएकामध्ये १९४९  जना पुरुष रहेका छन् भने जना १५० महिला रहेका छन्।

    प्रवक्रता डा देवकोटाका अनुसार हालसम्म देशका ५६ जिल्लामा संक्रमण देखिएको छ।

    नेपालमा हालसम्म संक्रमितमध्ये २६६ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।



    निगरानी डेक्स    
  • २०७७ जेष्ठ २०, मंगलवार ११:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP