logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • सफल महिला उद्यमी लिलादेवी जागिर छाडेर पशुपालन र डेरी उद्योगमा

    सफल महिला उद्यमी लिलादेवी जागिर छाडेर पशुपालन र डेरी उद्योगमा

    भदौ ३, इलाम । ‘मलाई इलाम जिल्लाका बिभिन्न गाउँ अनि जिल्ला बाहिर पनि तालिम दिनुपरयो भनेर बोलाउँछन् । कुनै कुनै महिना त एकदिन फुर्सद हुँदैन । भ्याइनभ्याइ हुन्छ ।’ इलाममा संघर्षशिल एक सफल महिला उद्यमी लिलादेवी भटटराईको भनाई हो यो । तर अहिले भटटराई बिगत पाँच महिनादेखि फुर्सद जस्तै हुनुन्छ ।

    महमारीको रुपमा फैलिएको कोरोना भाइरसले उहाँलाई फूर्सदिलो बनाएको छ । तर गाउँमा भने उहाँको ब्यस्तता उस्तै छ । इलाममा उहाँ सफल उद्यमी महिलाले परिचीत हुनुन्छ । घर ब्यबहार सबै सम्हालेर आफूले सिकेको सिप अरु महिलालाई सिकाएर महिला उद्यमी बनाउने प्रेरणा जगाउने लिलादेवी भटटराई इलामको एउटा परिचित नाम हो । उत्तरी इलामको सन्दकपुर गाउँपालिका सुलुबुङ्ग निबासि उहाँ इलाम जिल्लाकै सफल उद्यमी मध्येकी एक हुनुन्छ । जिल्ला, क्षेत्र हुँदै राष्ट्रि पुरस्कार बाट समेत पुरस्कृत भइसक्नु भएकी भटटराई अहिले आफनै घरमा डेरी उद्योग सञ्चालन गर्दै आउनु भएको छ । वि.सं २०३३ सालमा पाँचथर जन्मनु भएकी भटटराईको बिबाह इलाममा भएपछि उहाँले धेरै संघर्षशिल पाइलाहरु पार गरीसक्नु भएको छ । सानै देखि सामाजिक कार्यमा रुची राख्ने भटटराईलाई विवाह पश्चात पनि आफनो यात्रालाई छेक्न सकेन । विवाहपछिका अनेकौँ चुनौतीलाई पार गर्दै अहेव अध्ययन समेत गर्नुभयो । ९ बर्ष सम्म अहेवको करारमा जागिर खानुभएकी भटटराईलाई त्यसबाट चित्त नबुझेपछि कृषि तथा पशुपालन क्षेत्रमा हात हाल्नुभयो । दर्जन बढी सामाजिक संघसंस्थामा आफनो नेतृत्व र अनुभव सम्हाल्नु भएकी भटटराईको दिनचार्य दिनदिनै ब्यस्त बन्दै गएको हो । पढेर जागिर खाएपनि चित्त नबुझेपछि बिगत ६÷७ बर्ष अघि पाँच लाखको लगानीमा गाई खरीद गरेर भट्टराई कृषि पशुपालन तथा डेरी उद्योग समेत दर्ता गरी पशुपालनमा होमिनु भयो । सोही समयमा पहिलो पटक गोठ बनाउन पाँच हजार अनुदान पाएपछि उहाँको हौसला थप बढेको थियो ।

    अहिले घरमै डेरी उद्योग सञ्चालन गर्दै आउनु भएकि भटटराईले डेरीबाट दैनिक तीनसय लिटर बढी दूधबाट घिउ र छुर्पी उत्पादन गर्दै आउनु भएको छ । घिउ र छुर्पि बिक्रिबाट सबै खर्च कटाएर मासिक ३०÷४० हजार रुपैंयाँ नाफा कमाउने गरेको भटटराईको भनाई छ । तर कोरोना भाइरसको महामारी र चार महिनासम्म भएको लकडाउनले उद्योग धराशयी अवस्थामा पुगेको उहाँको गुनासो छ । डेरीबाट उत्पादन भएको घिउ, छुर्पि सिधै काठमाडौं सहित देशका बिभिन्न सहरमा निकासि हुँदै आएपछि ठप्प हुँदा ब्यबसाय धराप बनेको उहाँ बताउनुहुन्छ । आधुनिक ढंगबाट डेरी सञ्चालन आएको भटटराईले उद्योगमा कृषि ज्ञान केन्द्र, घरेलु कार्यालय सहित प्रदेश सरकारको तर्फबाट पनि अनुदानहरु पाउँदै आउनु भएको छ । उहाँको उद्योगले प्याक्ट परियोजना बाट समेत अनुदान पाएको थियो । उद्यम सम्बन्धि दर्जनौ तालिम दिएर अनुभव संगाल्नु भएकी भटटराईले जिल्लाभित्र मात्र हैन जिल्ला बाहिरपनि तालिम दिँदै आउनु भएको छ । बिशेष गरेर दुग्धजन्य पदार्थबाट उत्पादन हुने परिकारको तालिम उहाँले दिँदै आउनु भएको छ । तालिम दिएबापत उहाँले दैनिक ३ हजारदेखि पाँहजार रुपैंयाँसम्म थाप्नुहुन्छ । जिल्लामा दुग्धजन्य पदार्थबाट उत्पादन हुने परिकार सम्बन्धि बनाउने सिकाउने अरु भएपनि लिलादेवी भटटराईको नाम पहिलो नम्बरमा आउने गरेको छ । नयाँ कुरा गरौं, रोजगारी सृजना बढाउँ, महिला उद्यमीहरु उत्पादन गरौं भन्दै सामाजिक क्षेत्रमा समेत काम गर्ने भटटराईकै पहलमा बिगत केहीबर्ष अघि उहाँकै गाउँमा होमस्टे सञ्चालनमा समेत ल्याउनु भएको छ ।

    माईपोखरी देउराली सामुदायिक होमस्टे नाम दिएर स्थापना गरीएको उक्त होमस्टे सञ्चालक समितिको अध्यक्ष समेत भटटराई आफै हुनुन्छ । करीब १५÷१६ वटा होमस्टे हाल दर्ता भएर सञ्चालनमा रहेको र होमस्टेको सञ्चालक पनि महिलाले नै गरीरहेका छन् । भटटराई भन्नुहुन्छ ‘मईले गरेको कामलाई घरपरिवार साथीसंगी सबैबाट सहयोग पाएको छु ।’ धार्मीक, जैबिक र प्राकृतिक रुपमा महत्वपूर्ण रहेको सो गाउँपालिकामा आउने पर्यटकले उचित खाना बस्नेको समस्या झेलेको महसुस गरेकाले भटटराईकै पहलमा सो क्षेत्रमा होमस्टे सञ्चालनमा ल्याइएको हो । हरेक क्षेत्रमा अग्रसर भएर अरुको प्रेरणाको श्रोत बन्ने लिलादेवी भटटराईको संघर्षिल जीवन यात्रालाई महसुस गरेर अघि बढे सफलता हरेक क्षेत्रमा पाइने ठम्याई छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७७ भाद्र ३, बुधबार १०:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP