पाल्पाका ४५ वर्षीय पुरुषको मृत्यु , कोरोना संक्रमणको कारण १० जनाको ज्यान गयो

पाल्पाका ४५ वर्षीय पुरुषको मृत्यु , कोरोना संक्रमणको कारण १० जनाको ज्यान गयो

नेपालमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ। भारतबाट नेपाल आएका पाल्पाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पाल्पा पूर्वखोला घर भएका ती पूरुषको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

उनको स्वाब परीक्षणका क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको प्रवक्ता डा देवकोटाले बताउनु भयो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका १० जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म २ हजार ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।