logo
  • २०८२ असार २७ | Fri, 11 Jul 2025
  • इलाममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ पुग्यो

    इलाममा थप ५ जनामा  कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ पुग्यो

    इलाम असार १३

    इलाममा एकै दिन ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर संस्थागत क्वारेन्टिनमा रहेका सुर्योदय नगरपालिका ५ जनामा संकमण देखिएको इलामका कोभिड १९ फोकल पर्सन विमल बरालले बताउनु भयो । सुर्योदयन गरपालिका वडा २ का २७ वर्षिय पुरुष , वडा ३ का ३४ र २८ वर्षिय पुरुषहरु , वडा ७ का ३६ वर्षिय पुरुष , वडा ८ का ४३ वर्षिय पुरुषमा कोरोना संक्रमण भएको वरालले बताउनु भयो ।
    संक्रमितहरु ओमन , साउदी अरब र भारतबाट नेपाल आएर क्वारेन्टिनमा बसेका थिए । उनीहरुलाई उपचारको लागि मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालय प्रदेश सरकारले निमार्ण गरेको अस्पतालमा उपचारको लागि पठाइएको छ ।
    शनिबार थपिएका ५ जनासँगै इलाममा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । यसअघि भेटिएका सूर्योदय नगरपालिकाका २ जनामा कोरोना संक्रमण भएको थियो । उनीहरु निको भएर घर फर्किएकका छन ।



    निगरानी    
  • २०७७ असार १३, शनिबार ११:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP