इलाम, असार १ । इलाममा कोरोना भाइरसको आरडिटि र पिसिआर परिक्षणलाई तिब्रता दिन थालिएको छ । आरडिटिलाई भन्दा पनि बिषेश गरेर पछिल्लो समय स्वास्थ्य कार्यालयले पिसिआर परिक्षणलाई तिब्रता दिएको हो । जिल्लामा पिसिआर परिक्षण नभएपनि पिसिआर परिक्षणका लागि स्वाब संकलन कार्यलाई तिब्रता दिँदै आएको स्वास्थ्य कार्यालय इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालले जानकारी दिनुभयो ।
जिल्लामा संकलित स्वाब पिसिआर परिक्षणका लागि कोशि अञ्चल अस्पताल बिराटनगर, बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा पठाउँदै आएको छ । बरालका अनुसार जिल्लामा हालसम्म ६ सय ९ जनाको पिसिआर परिक्षण भएको छ । जसमध्ये ४ सय ८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुईजनाको पोजेटिभ आएको छ । अब एकसय २३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । स्वास्थ्य कार्यालय इलामले जारी गरेको तथ्याङ्क अनुसार एकहजार ५८ जनाको आरडिटि परिक्षण गरेकोमा एकहजार ५० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने आठजनाको पोजेटिभ आएको थियो । तर आरडिटिमा पोजेटिभ आएका आठ जनाको रिपोर्ट पिसिआर परिक्षणमा भने नेगेटिभ आएको छ ।
प्रतिक्रिया