आज दिनभर बर्षा हुने सम्भावना

Share This
  •  
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares
आज दिनभर बर्षा हुने सम्भावना

काठमाडौ असार २

आज नेपालको धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज देशका धेरैजसो स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहीबारसम्म बर्षा हुने पूर्वानुमान गरेको छ । लगातार वर्षा हुने सम्भावना रहेकोले नदीमा पानीको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भागमा पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार मुलुकका धेरै ठाउँमा गए राति देखि नै वर्षा भइरहेको छ। आज दिनभर वर्षाको सम्भावना छ । देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । ।