logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • इलामका ९  हजार ८ सय २८ जना किशोरीलाई क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने

    इलामका ९  हजार ८ सय २८ जना किशोरीलाई क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने


    इलाममा  १५ माघ :पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान अन्तर्गत इलाममा  ९  हजार ८ सय २८ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।
    देशव्यापी खोप कार्यक्रमअन्तर्गत  माघ २२ गतेदेखी फागुन ७ सम्म एकैपटक सञ्चालन  हुदैछ ।   इलामा यहि माघ २७ गतेदेखि फागुन २ गतेसम्म अभियान संचालन हुने जिल्लाका १० वटै पालिकामा रहेका  सम्पुर्ण सस्थागत र सामुदायिक विद्यालयहरुमा रहेको ३४०  खोप केन्द्रबाट   खोप लगाइने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय इलामले मंगलबार  संचारकर्मी संगको अन्तर्कियामा जनाएको छ । यो वर्ष अभियानकै रूपमा खोप कार्यक्रम अघि बढाउने र आगामी वर्ष बाट नियमित खोपका रूपमा दिइने स्वास्थ्य कार्यालय इलामका खोप निरीक्षक गङाधर पण्डितले बताउनु भयो ।
    यो अभियान देशैभर सञ्चालन गरिने भएकाले जिल्लाका कुनै पनि किशोरीलाई यो अवसरबाट बञ्चित गराउन नहुने बारे समपुर्ण तयारी पूरा भएको जनाएको छ ।
    पछिल्लो समयमा महिलाहरूमा क्यान्सर रोगको जोखिम बढिरहेकाले क्यान्सर विरुद्धको एचपिभी खोप किशोरीहरूलाई नै दिइने सरकारको योजना रहेकाले यो अभियानलाई सफल पार्न प्रयास गरिएको जनस्वास्थ्य कार्यलय इलामका प्रमुख आदित्य शाक्यले बताउनु भयो  । विद्यालयमा सन्चालन गरिने कार्यक्रम  भएकोले विद्यालय बाहिर रहेका किशोरी छुट्न सक्ने चुनौती रहे पनि इलाममा भने  करिब एकसय किशोरी छुट्न सक्ने अनुमान गरिएको शाक्यले बताउनु भयो ।
    नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर  हुने गरेको र यसबाट हरेक वर्ष १  हजार ३१३ जना महिलाहरुको मृत्यु हुने गरेको अनुमान रहको छ ।
    विश्वमा पाठेघरको मुखको क्यान्सर  महिलाहरुमा हुने क्यान्सर मध्येमा चौथो मुख्य क्यान्सरको रुपमा रहेको तथ्यांक छ  । 
    यहि अभियानबाट कोशी प्रदेशमा २ लाख ४ हजार ९७४ जना किशोरीलाई यो खोप लगाउने जनाइएको छ । अभियान पछि खोप नियमित रुपमा नै सन्चालन गरिने जनाइएको छ ।
    विश्व स्वास्थ्य संगठनको सन् २०२० को तथ्यांक अनुसार विश्वभर ८८ प्रतिशत  पाठेघरको  मुखको क्यान्सरका विरामीहरु रहेको र  मृत्यु हुने संख्या न्यून र मध्यम आय भएका देशहरुमा बढी रहेको छ ।



    निगरानी    
  • २०८१ माघ १५, मंगलवार १२:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP