इलाम, भदौ १७ । इलाम नगरपालिका ८ तिल्केनीकी रमा बाँस्कोटाको बिगत तीन बर्षदेखि दैनिकी फेरीएको छ । घरभित्रको घरायसी काममा मात्र सिमित रहने बाँस्कोटा यतिखेर टमाटार खेती र कुखुरा पालनमा ब्यस्त बन्नुभएको छ ।
पाथीभरा कृषि फर्म नै दर्ता गरेर बाँस्कोटाले टमाटर खेती थाल्नु भएको छ भने संगै बोइरल कुखुरा पालनमा पनि ब्यस्त रहनु हुँदै आएको छ । बाँस्कोटो केही तिल्केनी क्षेत्रकै अहिले सफल उद्यमी महिलाको रुपमा परिचित भइसक्नु भएको छ । ५÷६ जनाको परिवार रहेको बाँस्कोटाको श्रीमान टंक बाँस्कोटा इलामनगरपालिकाको कर्मचारी हुनुन्छ । तर श्रीमानको मात्र कमाईले घरपरिवारको आर्थिक जीवनस्तर धान्न र छोराछोरीलाई पढाउन समस्या भएपछि थोरै लगानीमा भएपनि आफूले टमाटर खेती थालेको रमा बाँस्कोटाको भनाई छ । तीन रोपनी जमिनमा मौसमी र बेमौसमी टमाटर र कोपि लगाउदै आउनु भएका उहाँले बार्षिक कमाई अहिले पाँचलाख रुपैंयाँसम्म हुँने गरेको उहाँको भनाई छ । टमाटर र टमाटरको बिरुवा बेचेर मात्र आफूले बार्षिक पाँचलाख रुपैंयाँसम्म आम्दानी गर्दै आएको उहाँको भनाई छ । ६ हजार रुपैंयाँको लगानीमा टमाटर खेती थालेको बाँस्कोटाले संगै बोइरल फर्म पनि सञ्चालन गर्नुभएको छ । अग्र्यानिक टमाटर उत्पादन गर्दै आउनु भएकी उहाँले कुखुरा र गाईबस्तुको मल खेतीमा लगाउने गर्नुभएको छ । बिक्रिका लागि बजारको अभाव नहुने टमाटर खरीद गर्न ब्यपारीहरु घरमै आउने गरेको बताउनुभयो । बजारमा भन्दा सस्तो मूल्यमा बिक्रि गर्दै आएको तर मूल्य खासै सोचेजस्तो नपाउने गरेको उहाँको भनाई छ । कृषि सम्बन्धि स्थानीय स्तर देशका अन्य बिभिन्न जिल्लामा गएर तालिम समेत लिनुभएकी उहाँले टमाटर खेतीलाई अझ बिस्तार गर्ने सोच रहेको बताउनु भयो । परिवारको सहयोगबाटै खेती सम्हालिरहनु भएकी बाँस्कोटा सफल उद्यमीको रुपमा परिचित बन्दै आउनु भएको छ ।
तीनबर्षदेखी व्यवसायीक टमाटर खेती अंगाल्नु भएकी बाँस्कोटालाई श्रीमान सहित परिवारले साथ दिइरहेपनि टमाटर फलाउनेदेखि बिक्रि गर्नेसम्मको जिम्मेवारी उहाँले नै सम्हाल्दै आउनु भएको छ । महिलाहरुले पनि केही केही न केही काम गर्नुपर्छ, अरुको कमाईमा मात्र भन्दा पनि आफनो पनि कमाई हुनुपर्छ भन्ने सोच राख्नुहुने रमा बाँस्कोटाको स्थानीय सरकारसंग धेरै गुनासो छ । फर्म नै दर्ता गरेर तीनबर्षदेखी ब्यबसायीक रुपमा टमाटर सहित तरकारी खेती गरीरहेपनि वडा, नगरपालिका सहित कृषिसंग सम्बन्धित कुनैपनि सरकारी निकायबाट अनुदान लगायतका सहयोग नपाएको बताउनुभयो । खेतीलाई बिस्तार गर्न, अझ आधुनिक ढंगबाट खेतीलाई कुनै किसिमको सहयोग मिल्छ कि भनेर स्थानीय सरकारसंग पटक पटक आग्रह गरेपनि हालसम्म केही सहयोग नगरेको बाँस्कोटाको गुनासो छ । स्थानीय सरकारले पहुँचको भरमा बास्तविक किसानलाई लत्याएर अन्यलाई अनुदान लगायतका सहयोग गर्ने गरेको उहाँको आरोप छ । तरकारी खेती गर्नलाई केहि पनि गाह्रो नहुने सजिलै हुने गरेको अनुभव उहाँले व्यक्त गरिन् । तरकारी खेतीबाटै छोराछोरी पढाउन र घर ब्यबहार चलाउनलाई धेरै राहात मिलेको उहाँको भनाई छ । श्रीमानको कमाईमा निर्भर रहनुपर्छ भन्ने परम्परालाई अन्त्य गर्न सफल बाँस्कोटाले आफुलाई काम गर्न असहज कहिल्यै नहुने बताउनुभयो । टमाटर नबिक्ने कुरै हुँदैन तर यसबर्ष बिक्रिका समयमा कोरोना महामारीको प्रभाव पर्ने देखिएको उहाँको भनाई छ ।
बाँस्कोटाले जस्तै जिल्लामा पछिल्लो समय टमाटर खेती गर्ने ब्यबसायीक कृषकको सङख्या उल्लेख्य हुँदै गएको छ । जिल्लाका इलामनगरपालिका, माईजोगमाई गाउँपालिका लगयातका बिभिन्न गाउँमा टमाटरको उत्पादन धेरै हुने गरेको छ । परिश्रम कम, लगानी कम र आम्दानी पनि छिटो र धेरै हुने भएकाले कृषकहरु टमाटर सहित तरकारी खेतीमा आकर्षित बन्दै गएका हुन् ।
प्रतिक्रिया