logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विविध खेलकुद प्रतियोगिता

    अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विविध खेलकुद प्रतियोगिता


    इलाम , मंसीर १७ ।
    आज ३१ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा इलाम नगरपालिका ६ मा खेलकुद तथा विविध कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रम वडा कार्यालयको आर्थिक सहयोगमा जनचेतना अपाङ्गता स्वावलमन समूहले खेलकुद तथा विविध सास्कृतिक कार्यक्रम संचालन गरेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको अवसरमा ३२ जना अपाङ्गता भएका व्यतिहरुलाई न्यानो कपडा समेत वितरण गरिएको थियो भने २ जनालाई लौरो प्रदान गरिएको थियो ।


    विभिन्न विधामा सहभागीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । गायन तर्फ समि लावति , हस्तकला तर्फ गोविन्द बिश्वकर्मा , कविता तर्फ रोश्ना खड्का, नृत्य तर्फ स्मिरा लिम्बु र बाध्यबाधन तर्फः पुजा भट्टराईले पुरस्कार प्राप्त गर्नु भएको थियो ।

    कार्यक्रम समूहको अध्यक्ष इन्दिरा तिखत्रिको अध्यक्षता र इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा इलाम नगरपालिकाकी उपप्रमुख बिष्णु दाहाल , इलाम नगरपालिका ६ का वडा अध्यक्ष दुर्गा श्रेष्ठ र वडा सदस्यहरु विना देवि लिम्बू,पार्वति वि.क. र प्रेम कुमार राई लगायत अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुको सहभागीता रहेको थियो ।



    निगरानी संवाददाता    
  • २०७९ मंसिर १७, शनिबार १६:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP