logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विविध खेलकुद प्रतियोगिता

    अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विविध खेलकुद प्रतियोगिता


    इलाम , मंसीर १७ ।
    आज ३१ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा इलाम नगरपालिका ६ मा खेलकुद तथा विविध कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रम वडा कार्यालयको आर्थिक सहयोगमा जनचेतना अपाङ्गता स्वावलमन समूहले खेलकुद तथा विविध सास्कृतिक कार्यक्रम संचालन गरेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको अवसरमा ३२ जना अपाङ्गता भएका व्यतिहरुलाई न्यानो कपडा समेत वितरण गरिएको थियो भने २ जनालाई लौरो प्रदान गरिएको थियो ।


    विभिन्न विधामा सहभागीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । गायन तर्फ समि लावति , हस्तकला तर्फ गोविन्द बिश्वकर्मा , कविता तर्फ रोश्ना खड्का, नृत्य तर्फ स्मिरा लिम्बु र बाध्यबाधन तर्फः पुजा भट्टराईले पुरस्कार प्राप्त गर्नु भएको थियो ।

    कार्यक्रम समूहको अध्यक्ष इन्दिरा तिखत्रिको अध्यक्षता र इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा इलाम नगरपालिकाकी उपप्रमुख बिष्णु दाहाल , इलाम नगरपालिका ६ का वडा अध्यक्ष दुर्गा श्रेष्ठ र वडा सदस्यहरु विना देवि लिम्बू,पार्वति वि.क. र प्रेम कुमार राई लगायत अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुको सहभागीता रहेको थियो ।



    निगरानी संवाददाता    
  • २०७९ मंसिर १७, शनिबार १६:०१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    कोरोना भाइरसबाट बच्न निगरानी डटकमद्धारा जारी सन्देश …कुनै व्यक्ति, वस्तु वा सामान छुनु पहिले र छोइसकेपछि साबुन पानीले राम्रोसँग हात धुने । अनावश्यक रुपमा घर वाहिर र भिडभाडमा नजाने, भिडभाड नगर्ने र गर्न नदिने । खोक्दा र हाछ्युँ गर्दा नाक र मुख कुहिनोले छोप्ने । जंगली तथा घरपालुवा पशुपंछिसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने । बाहिरबाट आयातित माछामासु सकेसम्म उपभोग नगर्ने । जथाभावी मुख, आँखा, कान, नाक नछुने । दैनिक उपभोग सामान खरिद गर्न वाहेक बजार र हाटबजार नजाने । विदेश वा अन्य जिल्लाबाट आएका संकास्पद व्यक्तिहरु कम्तिमा १५ दिनसम्म अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा रहने । ज्वरो, रुघा र खोकी तथा श्वासप्रश्वासमा समस्या भएमा चिकित्सकसँग परामर्श गर्ने ।सामान्य किसिमको मौसमी विराम उपचारको लागि स्वास्थ्य चौकीमा भिडभाड नगर्ने । आवश्यक परेमा सञ्चार सेवाबाट परामर्श लिने । खाद्यसामाग्री तथा अत्यावश्यक वस्तु र औषधिजन्य पदार्थको अनावश्यक खरिद गरी जम्मा नगर्ने र गर्न नदिने । घरेलु प्रयोगमा आउने एल।पी। ग्यासको सट्टामा वैकल्पिक उर्जाको प्रयोग गर्ने । अफवाह फैलाउने, त्रास फैलाउने र गलत सूचना प्रवाह नगर्ने । ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई विशेष निगरानीमा राख्ने ।दैनिक योग, व्यायाम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा उपभोग गर्ने । बजारमा कालोबजारी गरेको तथा अत्यावश्यक वस्तु लुकाईराखेको भेटिए नजिकको प्रहरी चौकीमा जानकारी गराउने । निगरानी डटकम
    ताजा अपडेट
    TOP