logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • ‘रगतको पत्र’ले अखिलको झगडा सतहमा

    ‘रगतको पत्र’ले अखिलको झगडा सतहमा


    इलामः सत्तारुढ नेपकाको विद्यार्थी संगठन अनेरास्ववियूको नाममा एक समूहले सिमा अतिक्रमण विरुद्ध भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाइ आफ्नै रगतले लेखेका पत्र पठाए पछि अर्को समुहले नेतृत्वको कार्यशैली प्रति असन्तुष्टि जनाएको छ ।
    अनेरास्ववियूका केन्द्रिय सदस्य सन्धिभक्त शंकरले संगठन भित्र छलफल समेत नगरी व्यक्तिगत प्रचारका लागि हल्ला गरेको बताए । उनले भने ‘विद्यार्थीहरुले यस्ता विषयमा आवाज उठाउनु पर्छ भन्नेमा हामी पनि दृढ छौ तर यो कार्यशैली संगठनको हित विरुद्ध छ ।’
    इलामका शंकर र रविन्द्र सुवेदी अखिलका बहालवाला केन्द्रीय सदस्य हुन् । गुटको रक्षाका लागि संगठनलाई ओझेलमा पार्ने काम गरेको असन्तुष्ट समुहको आरोप छ । भारतका प्रधानमन्त्री मोदीलाई पत्रपठाएको सामग्री सामाजीक सञ्जालमा पोष्ट भएपछि मात्रै थाहा पाएका अखिलको केन्द्रिय कमिटि निर्वाचन आयोगका सदस्य इश्विरी तामाङले पछिल्लो कदम केन्द्रिय सदस्य रविन्द्र सुवेदी सहितको स्वार्थ र आत्माकेन्द्रित राजनीतिको एउटा रुप भएको बताए ।
    उनले भने ‘संगठन एकता पश्चित पनि झोले शैलिमा स्थानीय स्तरमा उपलव्ध कार्यकर्तालाई समेत खबर नगरी कार्यक्रम गर्ने गुटका नाईकेहरुले संगठनमा विग्रह ल्याउन प्रयास गरिरहेको बताए । उनले संगठनलाई पेवाको रुपमा प्रयोग नगर्न चेतावनी दिएका छन् ।
    अर्का केन्द्रिय सदस्य सुवेदीले कार्यक्रम नगर भन्नेका बारेमा कुनै टिप्पणी नगर्ने बताए । अनेरास्ववियूका सहसंयोजक विपीन पोख्रेलले सामाजीक सञ्जाल फेसबुकमा अनेरास्ववियूका नाममा संगठनमा छलफल र निर्णय नभइ एकलौटी रुपमा फेसबुकबाजी गरेको कार्यप्रति असहमती जनाएका छन् । उनले केन्द्रिय सदस्य सुवेदीको उपस्थितीमा भएको सो घटनाले एकता विरुद्ध रहेको टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘पुर्व समुह वा गुटगत मनस्थितीले संगठनको हितमा काम गर्न कदापि सक्दैन ।’
    विधार्थीहरूले नेपालको लिपुलेक, लिम्पियाधुरा,कालापानी,सुस्ता,महेसपुर,सन्दकपुर,पशुपतिनगर लगायतका भुभाग भारतेले अतिक्रमण गरेकोमा आपत्ति प्रकट गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाइ आफ्नो रगतले लेखिएको पत्र पठाएको अनेरास्ववियूका केन्द्रिय सदस्य रविन्द्र सुवेदीले जानकारी दिए ।



    Avatar निगरानी संवाददाता    
  • २०७७ जेष्ठ ७, बुधबार १५:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP