नेपाल स्टारमा इलामेली चेली समिक्षाको दमदार प्रस्तुती,भोट गरेर बिजेता बनाउन अपिल

Share This
  •  
  • 226
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    226
    Shares

इलाम, मंसिर ७, इलामकी समिक्षा दाहाल नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको नेपाल स्टारको उत्कृष्ट १४ मा पुग्न सफल भएकी छिन् । सूर्योदय नगरपालिका ९ फिक्कल स्थित गैरीगाउँकी समिक्षाले नेपाल स्टारमा एकसय २० जना प्रतिष्पर्धीलाई पछि पार्दै उत्कृष्ट १४ मा पुग्न सफल भएकी हुन् ।

प्रतिष्पर्धीको उत्कृष्ट १८ बाट भोटिङ सिस्टम सुरु भइसकेकाले उत्कृष्ट १८ बाट १४ मा पर्न सफल भएकी हुन् । अब प्रतिष्पर्धीहरुलाई भोटबाट मात्र जिताउन सकिने भएकाले इलामे चेली समिक्षाले आफूलाई धेरैभन्दा धेरै भोट गर्न सबैसंग आग्रह गरेकी छिन् । नेपाल स्टारमा सहभागि हुनुभन्दा अघि समिक्षाले एपिवान टेलिभिजनबाट प्रशारित नेपाल आइडलको दुईवटा सिजनमा प्रतिष्पर्धा गरेकी थिइन् । उक्त आइडलमा समेत समिक्षा भोटिङ राउण्डसम्म पुगेर बाहिरीएकी थिइन् । तर यसपटक आफू नेपाल स्टारको बिजेता बन्न सक्षम रहेकोले आफूलाई भोट दिएर सहयोग गरीदिनहुन आग्रह गरेकि हुन् । काठमाडौंबाट अडिसन दिएकी समिक्षा सानैदेखि गित संगितप्रति रुची राख्दथिन् । नाच्न धेरै मन पराउने समिक्षाको गित संगितप्रतिको मोह अध्ययनको सिलसिलामा काठमाडौं गएपछि मोडिएको हो । सांगीतिक क्षेत्रमा स्थापित भइसक्नु भएका काका भूगोल दाहाललाई उनले पहिलो गुरु मान्दछिन् । कला भण्डारबाट संगित सिक्न थालेकी समिक्षाले नेपाल कमर्स क्याम्पसबाट स्नातक पास गरेकी छिन् ।

फिक्कलकै पञ्चकन्या माविबाट एसएलसि पास गरेकी समिक्षाले फिक्कल माविबाट प्लस टु गरेकी हुन् । नेपाल स्टारको फस्ट अडिसनमा उनले तिमिलाई कुनै पल भन्ने गित गाएर निर्णायकहरु रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोक श्री को मन जितेकी थिइन् । चार÷पाँचवटा राउण्ड पारेर भोटिङ राउण्डमा आइपुगेकी समिक्षाले आफूलाई भोट गर्नका लागि उनलाई भोट गर्नका लागि मोवाइलको म्यासेज बक्समा गएर एन एस १२ टाइप गरी ३३००१ म पठाउन सुझाएकी छिन् । उनले एप मार्फत पनि भोटिङ गर्न सकिने बताएकी छिन् । आफनो मोबाइलमा एप डाउनलोड गरी नेपाल स्टारका प्रतिष्पर्धीहरुको सुचीमा गएर अयलतभकतबलत १२ मा भोट गर्न सकिने पनि इलामेली चेली समिक्षा दाहालले आग्रह गरेकी छिन् । बाबु मातृका दाहाल र आमा चण्डिका दाहालको कोखबाट जेठि छोरीको रुपमा जन्मिएकी समिक्षाले आधुनिक, रक, पप सहित जुनै पनि बिधाका गितलाई आफनो गला मार्फत दर्शक र श्रोतालाई आकर्षण गर्ने क्षमता राख्दछिन् । इलामको सांगीतिक क्षेत्रमा उदाउँदै गरेकी समिक्षालाई यतिखेर दर्शकको माया अनि भोट चाहिएको छ । समिक्षालाई भोट गरेर जिताउन हुन सम्पूर्ण इलामेली लाग्नुपर्ने उनका काका भूगोल दाहाललृे बताउनुभयो । समिक्षा नेपाल स्टारको बिजेता बनेको खण्डमा सिंगो इलामकै लागि गर्वको कुरा हुने उनको भनाई छ । यतिखेर इलामेलीहरु पनि इलामे चेली समिक्षालाई जिताउनका लागि कम्मर कसेर लागेका छन् । इलामका सञ्चार माध्यमहरुले पनि इलामे चेलीलाई नेपाल स्टारको बिजेता बनाउनका लागि प्रचार प्रसारलाई पनि तिब्रता दिइरहेका छन् । यतिखेर समिक्षाका परिवार समेत समिक्षालाई भोट गर्ने तरीकाका बारेमा छरछिमेक, साथीसंगी सबैलाई सिकाउन ब्यस्त बनेका छन् ।

गित, संगित, कला संस्कृतिमा अब्बल इलामले पछिल्लो समयमा गित संगितमा नयाँ नयाँ कलाकारलाई जन्माउँदै आएको छ । इलामको माटोमा जन्मिएर एक समय राष्ट्रिय स्तरमा एकछत्र राज गरेका कुबेर राई, यम बराल, जगदिश समाल, बलराम समाल, रोसन गुरुङ, डेनी निरौला, पुजन प्रधान, भूपेन्द्र राई, लेखु बिबस पछि भूगोल दाहाल, झुमा निरौला, महेन्द्र लिङदम लगायतका कलाकार सांगीतिक आकाशमा उदाएका छन् । यो पुस्तापछि अब समिक्षा दाहाल लगायतले इलामको नेतृत्व गर्दै नेपाली गित संगितमा नयाँ आयाम थप्ने देखिएको छ । यसरी हेर्दा इलामको सूर्योदय नगरपालिकाले सबैभन्दा धेरै कलाकार जन्माएको छ । सूर्योदय नगरपालिका सांगीतिक क्षेत्रको हब समेत बन्दै गएको छ ।

गणेश घिमिरे, इलाम