श्रीमतीको हत्या पछि आत्महत्या

श्रीमतीको हत्या पछि आत्महत्या

माइजोगमाई : इलामको माइजोगमाई २ जोगमाईका ५५ बर्षिय पिताम्बर खतिवडाले ५२ बर्षिय जेठी श्रीमती राधिका खतिवडाको वामफोक प्रहारगरि हत्या गरेका छन् ।
हत्या पछि खतिवडाले नजिकैको निवारोको रुखमा झुण्डीएर आत्महत्या गरेको स्थानीय तोया महतले जानकारी दिए ।
कान्छि श्रीमतीसंग बस्दै आएका खतिवडाले बेग्लै बस्दै आएकी जेठी श्रीमती राधिकालाई रातको १०ः३० मा हत्या गरेर आफुपनि झुण्डीएर आत्महत्या गरेको वडा अध्यक्ष डम्बर सुवेदीले जानकारी दिए ।
राधिका छोरीसंग बस्दै आएकी थिइन् । अध्यक्ष सुवेदीका अनुसार कान्छि श्रीमती माइत गएको र जेठी श्रीमतीकी छोरीपनि घरमा नभएको समयमा राधिकालाई धारिलो हत्यार प्रयोग गरेर हत्या गरिएको हो ।
पिताम्बरले हत्या गर्दा प्रयोग गरेको बामफोक आफु झुण्डीएको रुख नजिक भेटीएको छ । हत्यापछि खतिवडाले ढोका बाहिरबाट चुक्कुल लगाएर भागेको स्थानीयले बताए ।
पिताम्बरले कान्छी श्रीमती ल्ययाएपछि जेठी श्रीमती बेग्लै बस्दै आएका थिए । थप विवरण आउन बाँकी छ । प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।