logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • अरिङ्गालले टोकेर दुई अस्पतालमा

    अरिङ्गालले टोकेर दुई अस्पतालमा


    माईजोगमाई : इलामको माईजोगमाई गाउँपालिका वाड १ र ३ को सिमानामा पर्ने नाम्सालिङ- नयाँबजार सडक खण्डको उत्तरे पोखरी नजिक अरिङ्गालले टोक्दा दुई जनालाई अस्पताल भर्ना गरिएको छ ।
    शुक्रबार बिहान शुक्रबारे बजारबाट नयाँबजार जाने क्रममा अरिङ्गालले टोकेका उनीहरूलाई अस्पताल पठाएको स्थानीय देवि अधिकारीले जानकारी दिए । अरिङ्गालले टोकेर उषा घिमिरे र स्थानीय शिक्षक रविन पौड्याललाई झापा अस्पताल पठाएको स्थानिय उमाकान्त भट्टराईले बताए । अरिङ्गालले अहिले सम्म चार भन्दा बढिलाई टोकेको स्थानियले बताएका छन् ।
    अरिङ्गाल एक प्रकारको विषालु कीरा हो। यो एक समुहमा बस्ने किरा हो। यसको देख्नसक्ने क्षमता धेरै हुन्छ यो किराले सिजन अनुसार आफ्नो घर फेर्ने गर्दछ। यो किरा जमिन मुनि र अग्ला अग्ला रुखको हाँगामा गोलो बनाएर बस्ने गर्दछ ।



    Avatar निगरानी    
  • २०७९ आश्विन ७, शुक्रबार ०६:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP