logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • धरानमा गाईगोरु काट्नेलाई कारवाहीको माग सहित प्रर्दशन (फोटो फिचर सहित)

    धरानमा गाईगोरु काट्नेलाई कारवाहीको माग सहित प्रर्दशन (फोटो फिचर सहित)

    धरान । धरानमा गाईगोरु काट्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने माग राखेर इटहरीमा हिन्दुधर्म समर्थकहरुले प्रदर्शन गरेका छन्।
    नेपालका प्रथम जगत गुरु बालसन्तको नेतृत्वमा हिन्दुधर्म समर्थकहरुले गाई गोरु काट्नेलाई कारवाही गर, हिन्दु राष्ट्र कायम गर, सद्भाव भाड्ने धरानका मेयर मुर्दावाद, गृहमन्त्री राजीनामा देऊ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
    जिल्ला प्रशासन कार्यालय सुनसरीले हिजो राति १२ बजेदेखि आज राती १२ बजेसम्म निशेषाज्ञा जारी गरेपछि धरानलाई प्रहरीले चौतर्फी घेराबन्दी गरेर शान्ति सुरक्षा प्रदान गरेको थियो । हिन्दु धर्मावलम्बीले शनिबार सुनसरीको इटहरीदेखि तरहरासम्म ¥याली निकालेका छन् ।
    धरानमा गौ हत्या गरेको विषयले विषयले चर्चा पाउन थालेपछि सद्भाव र शान्तिका लागि हिन्दु सनातनका पक्षधरहरुले शान्तिर ¥यालीको आयोजना गरेका थिए । धरानमाका विभिन्न स्थानमा स्थानीय प्रशासनले निशेधआज्ञा जारी गरेपछि निशेधीत षेत्र बाहिर ¥याली गरेको आयोजकले जनाउको छ ।
    ¥यालीमा सहभागि हुन विभिन्न जिल्लाबाट सहभागिहरु विहानै धरान हिडेपनि प्रशासनले विभिन्न जिल्लामा अवरोध गरेको थियो ।
    धार्मिक ¥यालीमा सुनसरीस्थित चतराधामका गुरु बालसन्त, विराटनगरका आचार्य रामानुज नेपाल, विराटनगर पञ्चाली मन्दिरका पीठाधीश अच्युत प्रपन्न स्वामीजी, श्रीनिवासाचार्य, गोलोकधामका दिनबन्धु शास्त्रीलगायत व्यक्ति सहभागी थिए ।
    विभिन्न स्थानबाट धार्मिक गुरूहरू सहभागी भई धरानमा ¥याली निकाल्ने तयारी गरिएको थियो । तर, सम्भावित जोखिमलाई मध्यनजर गरेर स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । कुनै अप्रिय घटना हुन नदिन प्रहरीले ¥यालीका सहभागीलाई तरहराबाट मास्तिर जान रोक लगाएको छ ।
    निषेधाज्ञा जारी भएको क्षेत्र तरहरासम्म धार्मिक गुरु र समर्थकले पैदलयात्रा गरेका थिए । उनीहरूले पानीपिता जंगलनजिकै सडकमा कोणसभा समेत गरे ।फोटो साभार : राधिका दासीको फेसबुकबाट



    Avatar निगरानी    
  • २०८० भाद्र ९, शनिबार १६:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP