logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • गगन थापालाई सूर्योदय नगरपालिकाको १८ बुंदे ध्यानाकर्षण (पुर्णपाठ सहित)

    गगन थापालाई सूर्योदय नगरपालिकाको १८ बुंदे ध्यानाकर्षण (पुर्णपाठ सहित)

    समस्या समाधानका लागि पहल थाल्ने प्रतिवद्धता


    इलाम : सूर्योदय नगरपालिकाका उपप्रमुख तथा हालका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार वरालले प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई नगरपालिकामा स्वागत गर्दै सूर्योदय नगरपालिकाको विकास निर्माण, देशभरीका किसानका समस्या सहितका विषयमा १८ बुंदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
    ध्यानाकर्षण पत्र बुझ्दै महामन्त्री थापाले हरेक पालीकाका समस्या समाधानका लागि काम गर्न नेपाली कांग्रेसले केन्द्रमा संयन्त्र निर्माण गर्न लागेको बताए । उनले भने ‘यताबाट फर्कै पछि तपाईले राखेको विषयमा पहल शुरु हुन्छ ।


    महामन्त्री थापाले शुक्रबार नै नेपाली कांग्रेस इलाम क्षेत्र न १ ले आयोजना गरेको विचार गोष्ठलाई सम्बोधन गर्दै काग्रेसले अब चुनाव अघिको गठबन्धन नगर्ने बताए ।


    महामन्त्री थापालाई सूर्योदय नगरपालिकाको तर्फबाट प्रदान गरेको ध्यानाकर्षण पत्रको पुर्ण पाठः
    इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा यहाँलाइ हार्दिक स्वागत् गर्दछौ।आर्थिक, राजनीतिक र समाजिक दृष्टिले विश्व सामु आफ्नै पहिचान निर्माणको बाटोमा अग्रसर इलाम जिल्लाको बसाई सुखद् र सुमधुर रहोस् भन्ने कामना गर्दछौ ।
    मुलुक लामो राजनैतिक द्धन्दको वीचबाट नयाँ व्यवस्थामा परिवर्तन भएको सन्दर्भमा तीन तहको सरकार निर्माणभइ सोही प्रकृया अनुसार हामी कृयाशिल छौ । स्थानीय तह अहिले पनि सिमित स्रोत साधनका वीचमा नागरिकको विकास र समृद्धिको चाहना पुरा गर्न प्रयासरत छन्। यद्यपी यो बाटो सहज छैन । इलामका स्थानीय तह पनि सिमित स्रोत साधन परिचालन गरेर जनताको मुहारमा देखा पर्ने लोकतन्त्रको मुस्कान खोज्न अग्रसर छन् । इलाममा स्रोत तथा साधनका प्रशस्त सम्भावना भएतापनि ती सम्भावनाहरुलाई व्यवस्थापन गर्न दत्तचित्त भएर लाग्नु हाम्रो कर्तव्य हुन आउछ। संघीय र प्रदेश सरकारले नागरिकको भावना बुझेर सिंगो इलामका जनताको आवश्यकता पुरा गर्न खेल्नु पर्ने भुमिकामा जनताको आशा बोकेको नेताको रुपमा यहाँको अहम भुमिका रहने छ भन्ने कुरामा हामी विश्वास्त छौ।
    पर्यटकीय नगरिको रुपमा रहेको सूर्योदय नगरपालिका पनि नागरिकको समस्या समाधानको लागि हरसम्भव प्रयासरत छ।सिमित स्रोत तथा साधनको प्रयोगवाट सबै समस्याको समाधान स्थानीय सरकारले मात्र गर्न सम्भव छैन। त्यसैले संघिय सरकारले सम्बोधन गर्न आवश्यक निम्न विषयमा आवश्यक पहलका लागि ध्यानाकर्षण गराउन चाहान्छौ ।
     पर्यटकिय नगरी सूर्योदय नगरपालिकाको सुख्खा क्षेत्र एवम् शहरी र पर्यटकीय क्षेत्रमा स्वच्छ खानेपानीको समस्या रहेको भएतापनि यसको समाधानका लागि सूर्योदय नगरपालिकाले नगरको गौरवको योजना भित्र राखी उक्त आयोजना निर्माणाधिन अवस्थामा रहेको जानकारी गराउदछौ।खानेपानी मन्त्रालय खानेपानी जलवायु अनुकुल माहाशाखा वाट वोलपत्र आव्हान भई निर्माणाधिन अवस्थामा रहेको खानेपानी भण्डारण ट्यांकी निर्माणको लागि नेपाल सरकारको माताहतमा रहेको नेपाल चिया विकास निगमको स्वामित्व भित्र रहेको जग्गामा ४ वटा भण्डारण ट्यांकीहरु निर्माण गर्नुपर्ने हुंदा नेपाल चिया विकास निगमको अध्यक्ष सुबास चन्द्र संघाईले निर्माण कार्य रोक्न अदालतमा मुद्धा दायर गरेको र अदालतले निषेधाज्ञ जारी गरी कार्य ठप्प हुन गएकोले साथै नेपाल सरकार अर्थ मन्त्रालयले निर्माणको लागि स्वीकृत दिनुपर्ने भएको हुँदा यस नगरपालिकाले आवश्यक कागजातहरु र माग निवेदन समेत पेश गर्दा पनि अर्थ मन्त्रालयवाट स्वीकृती नआएकोले निर्माण कार्यनै रोकिएको हुँदा मननियज्यूलाई पहल गरिदिनु हुन हर्दिक अनुरोध गर्दछौ।
     सूर्योदय नगरपालिका इलाम निर्वाचन क्षेत्र नं. १ को केन्द्र भागमा पर्दछ।यसको आसपासमा रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिका, चुलाचुली गाउँपालिका सहितका केहि स्थानीय तहका नागरिकका लागि मालपोत, नापी, नागरिकताको सेवा लिनका लागि सदरमुकाम पुग्नु पर्ने अहिलेको जटिलता अन्त्य गर्नु आवश्यक छ।तसर्थ सूर्योदय नगरपालिकामा मालपोत, नापी र नागरिकता वितरणका लागि अधिकार सम्पन्न कार्यालय स्थापनाका लागि संघिय सरकारमा आवश्यक पहलका लागि ध्यानाकर्षण गराउँछौ ।
     पशुपतिनगर नाकामा भारत तर्फ पनि अध्यागमन कार्यालय, पशु तथा कृषि क्वारेन्टाइन कार्यालय स्थापना गर्न आवश्यक पहलको लागि समन्वय गरिदिनुहुन अनुरोध सहित ध्यानाकाषण गर्दछौ।
     पशुपतिनगर नाकामा रहेको भारतीय पक्षको भन्सार कार्यालयले द्यष्िि इा भ्लतचथ नगरेको अवस्थामा सो व्यवस्था गनुपर्ने र सो नाकालाई कानुनी रुपमा व्यपार नाकाको रुपमा विकास गर्न भारतीयप पक्षसंग कुटनीतिक पहल शुरु गर्नुपर्ने छ।यसमा तत्काल पहल शुरु गर्न सदन र सरकारमा आवाज उठाउन हामी ध्यानाकर्षण गराउदछौ।यसले इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमको पर्यटन र आर्थीक विकासमा विशेष योगदान समेत गर्ने कुराको जानकारी गराउदछौ।
     सरकारको कनै एउटा इकाईमा उद्योग व्यवसाय दर्ता गरी स्थायी लेखा नम्बर प्राप्त गरि सकेपछि अन्य सरकारी इकाईमा पनि दर्ता गर्नु पर्ने वाध्यात्मक अवस्था विकराल रुपमा रहेको छ।सो समस्या समाधान गर्नको लागि कुनै पनि एक सरकारी इकाइमा मात्र दर्ता तथा कर तिर्ने वातावरण सृजना गरी दोहोरो करको मारवाट समग्र जनतालाई छुटकारा दिनुपर्ने कुराको समेत ध्यानाकर्षण गराउदछौ।
     इलाम जिल्ला अर्थोडक्स चिया उत्पादनमा देशकै अग्रणी जिल्लाको रुपमा रहेको र हाल कोशी प्रदेशले चियाको राजधानी समेत घोषणा गरेको अवस्थामा यस क्षेत्रमा उत्पादन भएको अर्थोडक्स चियाको वजारीकरणका लागि विदेशी र स्वदेशी बजारमा प्रभावकारी वजारीकरणको योजना अघि सार्नुपर्ने। चियाको अर्गानिकीकरणका लागि प्रभावकारी योजना संचालन गर्नु पर्ने।चिया प्रशोधन गर्ने सहकारीका लागि बिना व्याजको पाँच बर्षे अनुदान विउँ पुँजीको व्यवस्था गरिनु पर्ने साथै इलाम जिल्ला सूर्योदय नगरपालिकामा अन्य कृषि उत्पादनको लागि रासायनिक मल प्राप्त भएता पनि चियाको लागि रासायनिक मलको व्यवस्था नभएको हुनले सोको आर्पूतीको लागि पनि ध्यानाकर्षण गराउन चाहान्छौ।
     संघ देखि स्थानीय तहसम्म कृषि ऐन लागु गर्न र सो ऐनमा किसानको पहिचान, वर्गिकरण र किसान परिचयपत्र वितरणको लागि तथ्यांक ब्यवस्थापन र परिचयपत्र वितरणका लागि काम शुरु गर्न ध्यानाकर्षण गराउँछौ।सहुलियत ब्याजदरमा कृषि ऋणको उपयोगिताको अवस्था अविलम्ब अनुगमन मूल्यांकन गरी उक्त ऋण माथि भूमीहिन, महिला, साना र सिमान्तकृत किसानको पहुँच स्थापना गर्ने कार्यक्रम लागु गर्न, कृषि बिमाको लागि आवश्यक बजेट निर्माण गर्न साथै बैंकहरुले प्रदान गर्ने सहुलियत कर्जा हटाउनुको साटो व्यवस्थित तरिकाले प्रभावकारी रुपमा लागु गर्न ध्यानाकर्षण गराएछौ ।
     आवश्यकता तथा योगदानको आधारमा कृषि क्षेत्रमा न्युनतम २० प्रतिसत बजेट विनियोजनको प्रवन्धको लागि पहल गर्न ध्यानाकर्षण गराउँछौ ।
     कृषक समुह र पशु सेवा समूह भनेका कृषि पेशामा संलग्न सिमान्त, भुमीहिन महिला र साना किसानहरुको संगठीत रुप हो । राज्यले सबै किसानहरुलाई उचित सेवा तथा सुविधा उपलव्ध गराउन नसक्दा सरकारको क्षमता अनुसार प्रष्ट सेवा, सुविधालाई समूहमा मिलेर वाँडचुड गरी व्यवस्थापन गर्नु पर्ने वाधयताले कृषक समूह र पशु सेवा गठन भई देशको कृषि उत्पादनमा टेवा पुर्याउदै आएका छन्। कृषक समूह र पशु सेवा समूहले न त कुनै संघ संस्थको परियोजना पाउँछ न त सरकारको परियोजना नत अनुदान कृषक समूह पशु सेवा समूहहरुले थोरै रुपैया वचत÷हितकोष संकलन बैक र साहुले नपत्याउदा पनि सिमित रकम ऋणको रुपमा परिचालन गरी परमपरागत तरिकाले कृषि तथा पशुपालन व्यवसाय गरी जीविका चलाउदै आएको अवस्थमा सरकारले संघ संस्थालाई करको दायरामा ल्याउने वहानामा कृषक समूह पशु सेवा समूहहरुले प्यान लिनुपर्ने भनि गरेको व्यवस्था किसान र समूहको हित विपरित छ। समूहले प्यान लिनु ठुलो कुरा होइन ।प्यान लिनको लागि अडिट गर्नुपर्छ । समूहसंग अडिट गराउने खर्च छैन यस्तो अवस्थामा समूहले प्यान लिइ अडिटिङ्ग कसरी गर्न सक्छ?त्यसैले कृषक समूह पशु सेवा समूहले प्यान लिने व्यवस्थालाई संशोधन गरियोस एगदष्अि ब्गमष्त को आधारमा कृषक समूह पशु सेवा समूहहरुले प्यान नै लिने व्यवस्था गरियोस।
     हाल देभरिनै पशु चौपायमा महामारीको रुपमा फैलिएको लम्की स्किन डिजिजले किसानहरुको पशु धनमा क्षती पु¥याएको हुनाले यसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम अगाडि बढाउन तथा उक्त क्षतीको उचित राहातको व्यवस्थाको लागि पहल गरिदिनु हुन ध्यानाकर्षण गराउदछौ।
     सूर्योदय नगरपालिकाको मयु र सिद्धि खोला किनारमा स्थानीय उत्पादनको प्रशोधन र बजारीकरणका लागि औधोगीक क्षेत्रको रुपमा विकास गर्न योजनावद्ध कार्यक्रम अघि सार्न संघिय सरकार मार्फत प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक पहलका लागि ध्यानाकर्ष गराउन चाहान्छौ ।
     पशुपतिनगरमा नेपाल राष्ट्र बैंकले सटही काउन्टरको व्यवस्था गर्नुपर्ने ।
     फिक्कल पुरानो बजार, आइतबारे बजार, गोर्खे बजार र पशुपतिनगर बजारलाई पर्यटकिय बजारको रुपमा विकास गर्न आवश्यक बजेटको प्रवन्धका लागि पहल गर्न ध्यानाकर्षण गराउदछौ ।
     सूर्योदय नगरपालिका वाड नं. १ मा रहेको चित्रे गुम्बा, थुम्के, सूर्योदय नगरपालिका वाड नं. ९ र १० मा रहेको लाप्चा गुम्बा, सूर्योदय नगरपालिका वाड नं. ११ मा रहेको पञ्चकन्या मन्दिरको पुर्वाधार विकासका लागि वृहत एकिकृत योजना निर्माण गरी बजेट प्रवन्धका लागि पहल गर्न ध्यानाकर्षण गराउदछौ ।
     सूर्योदय नगरपालिकाको वाड नं. ८ कजेनी कोचे र सिद्धि दोभानमा पक्की पुल निर्माणका लागि आवश्यक पहलका लागि ध्यानाकर्षण गराउदछौ ।
     गोर्खे बजारबाट महादेव थान सम्म पक्कि सडकका लागि संघिय सरकारमा पहल गर्न ध्यानाकर्षण गराउदछौ ।
     सूर्योदय नगरपालिका वाड नं. ११ कालापानीबाट जोगमाई खोलाहुँदै माइ जोगमाई गाउँपालिका वाड नं. ४ घुमाउनेबाट इलाम नगरपालिका वाड नं. ८ हुदै इलाम नगरपालिकाको केन्द्र जोड्ने बैकल्पीक सडकको लागि क्रमागत बजेट विनियोजन गर्न सकेमा मेची राजमार्गले बैकल्पीक सडक प्राप्त गर्ने र यस क्षेत्रका नागरिकले उत्पादन गरेको कृषि उपजले पनि बजार पाउने भएकाले उसका लागि आवश्यक बजेटको प्रवन्ध गर्न ध्यानाकर्षण गराउदछौ ।
     हामी जान्दछौ, एकजना सांसदको काम नीति निर्माण गर्ने नै हो । तर, नेपालको परिपेक्षमा जनप्रतिनिधिले जनताको प्रत्यक्ष आवश्यकतामा समेत ध्यान दिनु पर्ने दोहोरो भुमिका रहेको छ । त्यसैले हामी आशा गर्दछौ कि हाम्रा सबै सवालमा यहाँको सकारात्मक पहल रहने छ ।
    धन्यवाद ।

    दुर्गा कुमार वराल
    (उप–प्रमुख)
    सूर्योदय नगरपालिका, फिक्कल इलाम



    निगरानी    
  • २०८० भाद्र १, शुक्रबार १७:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP