logo
  • २०८३ बैशाख ३, बिहीबार | Thu, 16 Apr 2026
  • इलाम २ मा एमालेबाट सुहाङलाई टिकट

    इलाम २ मा एमालेबाट सुहाङलाई टिकट

    इलाम : नेकपा एमालेले  इलाम-२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बिहान बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले सुहाङलाई पार्टीको तर्फबाट  उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
    एमाले नेता सुवास चन्द्र नेम्वाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। सुहाङ सुवास नेम्वाङका छोरा हुन्।
    यसैगरी बैठकले  बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि बझाङ प्रदेश सभा (क) मा उपनिर्वाचन हुन लागेको हो।



    निगरानी    
  • २०८० चैत्र ११, आईतवार ०९:३२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP