logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • खुकुरी प्रहारबाट एकजनाको मृत्यु , एकजना घाईते

    खुकुरी प्रहारबाट एकजनाको मृत्यु , एकजना घाईते

    खोटाङ, जेष्ठ २५ गते

    खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आज बिहान पौने ९ बजेको समयमा स्थानीय ३६ बर्षीय शुभराज राईले सोही स्थान बस्ने ६५ बर्षीय डिल्लीराज राई र उनको श्रीमती ६२ बर्षीया सममाया राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।

    प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई घाईते अवस्थामा फेला पारेको थियो । घाईते दुबै जनालाई उपचारको लागी हेलिकोप्टर द्धारा काठमाण्डौ पठाउने तयारी हुँदै गर्दा डिल्लीराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाईते सममायालाई कैलाश एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएकोछ भने खुकुरी प्रहार गर्ने शुभराज राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।



    निगरानी    
  • २०७७ जेष्ठ २५, आईतवार ०९:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP