सुनिता मगर , इलाम जेठ १५ : नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको १८ औं वार्षिक अवसरमा जिल्ला समन्वय समितिको सभाहलमा गैसस महासंघ इलामले गणतान्त्रिक व्यवस्थामा नागरिक र राज्यबीचको अन्तरसम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गैरसरकारी संस्था महासंघ इलाम, मानव अधिकार मञ्च नेपाल, मानव अधिकार एलाइन्स र गणतन्त्र दिवसको मूल समारोह समिति इलाम समेतको आयोजनामा भएको हो । कार्यक्रम गैसस महासंघ इलामका अध्यक्ष भक्त भामीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राईको आतिथ्यतामा भएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ इलामकी सदस्य सारदा उप्रतीले स्वागत मन्तव्य राख्नुभएको थियो भने गैरसरकारी संस्था महासंघ इलामका सचिवले कार्यक्रमको औचित्य गणतन्त्रको विगत, वर्तमानका महत्व, पार्दशिता, शुशासन, विधिको शासन, न्यायमा पहुच, संविधानको कार्यान्वयन न्याय निरुपण संक्रमणकालिन अवस्था लगायतको बारेमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा त्यस पछि खुल्ला छलफल भएको थियो, छलफलमा गणतन्त्रले ल्याएको उपलब्धी, समस्या चूनौती, समाधान आदि विषय माथि गहन रुपमा छलफल भएको थियो । गैसस महासघंका पूर्व क्षेत्रिय सचिव राम रिमाल, भूमि आयोग इलामका अध्यक्ष प्रकाश अधिकारी, नेपाली काङ्ग्रेस महासमिति सदस्य होम दुलाल,नगर साहित्य कला संगित प्रतिष्ठानका जयनाराण भट्राई, नेपाल बारका तारानाथ पराजुली लगायतले आ आफरनो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, इलाम नगरपालिका उप प्रमुख विष्णु कुमारी लिम्बु दहाल, सहित विभिन्न सुरक्षा निकाय, राजनीतिक दल, विद्यार्थी, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
दिवसको पूर्वसन्ध्यामा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो । मुख्य दिन इलामको ठुलो टुडिखेलदेखि चोक बजारसम्म प्रभातफेरी गरिएको थियो। प्रभातफेरी चोकबजारमा आयोजित कोणसभामा विभिन्न दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायतले समबोधन गरेका थिए ।
२०६५ सालको जेठ १५ गते संविधान सभाको पहिलो बैठकले नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यस दिनदेखि प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ ।
प्रतिक्रिया