राजिप न्यौपाने । इलाम
इलाममा चाडपर्वलाई लक्षित गरेर थप शुरक्षा व्यवस्था कार्यान्वायनमा ल्याइएको छ । प्रमूख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा बसेको बसेको जिल्ला सूरक्षा समिति इलामको वैठकले आसन्न दशै, तिहार, छठ लगायतका चाडपर्वमा प्रभावकारी शान्ति सूरक्षा कायम गर्न एकिकृत चाडपर्व सूरक्षा योजना २०८० स्विकृत गरि कार्यन्वयनमा ल्याएको हो ।
उक्त सूरक्षा योजना अनुसार नेपाल प्रहरी तर्फ विभिन्न दर्जाका कुल ५२८ जन शक्ति परिचालन हुने छन भने परिपुरक जनशक्तिको रुपमा सशस्त्र प्रहरी वलका विभिन्न दर्जाका २९७ जनशक्ति समेत गरि
कुल ८२५ सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । उनका अनुसार चाडपर्व भरी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एस पि को कमाण्डमा २ वटा कमाण्ड पोष्ट रहने प्रवन्ध गरिएको छ ।
उनले भने ‘तत्काल परिचालन हुन सक्ने गरि पचास वटा क्वीक रेस्पोन्स टिम स्टयाण्ड वाइ रहने छन् ।’ चाड पर्वमा मोवाइल गस्ति ५ वटा, पैदल गस्ति ४३ वटा परिचालन गरिने उनले जानकारी दिए ।
राजमार्ग लगायत सिमा नाकाहरुमा १५ वटा भन्दा वढि चेक प्वाइन्ट संचालन गरिने प्रजिअ पोख्रेलले जानकारी दिए । उनले भने ‘राजमार्गमा ३ वटा स्कर्टिङ टोली परिचालित हुने छ भने सुरक्षा संवेदनशिल १६ स्थानमा पिकेट खडा गरिने छ ।’
चडपर्वको समयमा सशस्त्र प्रहरी वलवाट समेत पिकेटिङ, चेकिङ, मोवाइ एवं पैदल गस्ती संचालन गरिने जनाइएको छ ।
प्रजिअ पोख्रेलले नागरिकहरुलाइ ढुक्क भएर चाडवाडमा सम्मिलित हुन रमाउन, मनोरन्जन गर्न, प्रेम र सदभाव साटासाट गर्न अनुरोध गरेका छन् । प्रशासनले कानुनी व्यवस्थाको पालना गर्न सचेत गराउँदै प्रचलिन कानून विपरितका गतिविधिहरु नगर्न÷नगराउन समेत अपिल गरेको छ ।
प्रतिक्रिया