logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • जटाधारी बाबा जो निसन्तानको उपचार गर्ने दाबी गर्छन् !

    जटाधारी बाबा जो निसन्तानको उपचार गर्ने दाबी गर्छन् !

    एजेन्सी। संसारमा मानिसको चाहाना अनेक हुन्छन् । यस्तै अनौठो चाहना भएका एक जना भारतको बिहार राज्यमा छन् । उनी ६३ वर्षका भए ।

    मुंगर जिल्ला निवासी साकाल देव टुड्डू नाम गरेका उनी आफूलाई अरुले महात्माजीका नामले पुकारुन् भन्ने रुचाउँछन् । उनको हुलिया पनि महात्मा तथा महर्षिभन्दा कम छैन । अझ रोचक के हो भने ती जटाधारी बाबाले ननुहाएको ४० वर्षभन्दा बढी भयो।

    उनको जटा ६ फिट लामो छ। ईश्वरले आफूलाई कपाल नकाट्न र रक्सी–चुरोट नखान आदेश दिएको उनी दाबी गर्छन। उनी घरेलु उपचारमा पोख्त छन्।
    खास गरी उनी निसन्तान दम्पतीको उपचार गर्छन् । आफ्नो जटा ईश्वरको वरदान भएको बताउने उनीसँग फोटो खिचाउन टाढा–टाढाबाट मान्छेहरू आउने गर्छन्।



    निगरानी    
  • २०७६ आश्विन १७, शुक्रबार २३:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP