logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु

    नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु

    भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट गएराति पैदलयात्रीको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना४ख २६०७ नंको बसले अन्दाजी २८ वर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिँदा उनको घटनास्थलमै निधन भएको हो ।

    मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । श वलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना राति १२ः३० बजे भएको हो ।



    निगरानी    
  • २०७६ आश्विन ५, आईतवार ०३:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP