logo
  • २०८३ जेष्ठ २७, बुधबार | Wed, 10 Jun 2026
  • विमानस्थल तोडफोड गरेको अभियोगमा पक्राउ परेका सांसद साहलाई थुनामा राखेर असुन्धान गर्न अदालतको आदेश

    • निगरानी
    • २०७६ आश्विन २९, बुधबार १०:०६ गते
    विमानस्थल तोडफोड गरेको अभियोगमा पक्राउ परेका सांसद साहलाई थुनामा राखेर असुन्धान गर्न अदालतको आदेश

    काठमाडौं। विमानस्थल तोडफोड गरेको अभियोगमा पक्राउ परेका राजपा सांसद प्रमोद साहलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ।

    राजपाका प्रत्यक्ष निर्वाचित सांसद साहले सोमबार जहाज उड्न ढिला भएको भन्दै सोमबार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरका टिकट काउन्टरमा तोडफोड गरेका थिए। सोही अभियोगमा उनलाई मंगलबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो। उनको विरोधमा राजपका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन्।

    राजपालेसमेत सांसद साहको पक्राउको विरोध गरेको छ। राजपाले सांसद साहको विरोधमा जनस्तरबाट भइरहेको प्रदर्शनप्रति आफ्नो एैक्यबद्धता रहेको जनाएको छ।



    निगरानी    
  • २०७६ आश्विन २९, बुधबार १०:०६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP