सूर्योदय : धार्मीक पर्यटनको सम्भावना बोकेको इलामको सूर्योदय नगरपालिका ११ मा रहेको पञ्चकन्या मन्दिर क्षेत्रको विकासका लागि विस्तृत अध्यायन प्रतिवेदन (डिपिआर) निर्माण गरिने भएको छ ।
पञ्चकन्या मन्दिर विकास एवं संरक्षण समितिको शनिबार सम्पन्न प्रथम साधारण सभामा सस्थाका अध्यक्ष भिष्म प्रधानले भावि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चरणवद्ध विकासका लागि मन्दिर क्षेत्रको ‘डिपिआर’ निमार्ण गर्न लागेको जानकारी दिए ।
पञ्चकन्या मन्दिर करिब २५० बर्ष पुरानो सम्पदा पनि हो । यसको आफ्नै महिमा र गरिमा रहेको छ । यहाँ भाकल पुरा गर्न, वर माग्न, यश प्राप्ति वा संकटहरणको याचना गर्न समेत भक्तजनहरु आउने गरेका छन् ।
मन्दिरलाई सम्पदा संरक्षणको दृष्टि संरक्षण गर्नु जरुरी छ भने यस क्षेत्रमा धार्मीक पर्यटन प्रवद्र्धन गर्न समेत भौतीक पुर्वाधार निर्माणको क्षेत्रमा काम गर्नु आवश्यक रहेको सूर्योदय नगरपालिका ११ का वडाअध्यक्ष सन्तोष राई बताउँछन् ।
पाँच महिना अघि स्थापना भएको समितिको प्रथम साधारण सभामा बोल्दै वडा न ८ का वडा अध्यक्ष जंग बहादुर गुरुङले पञ्चकन्यालाई सूर्योदय नगरपालिकाको धार्मीक पर्यटकीय हवको रुपमा विकास गर्नु आवश्यक रहेको बताए ।
सभामा संविधान सभाका सदस्य टिकाराम सुब्बा लगायतले मन्तव्य राखेका थिए । सभामा कोषध्यक्ष प्रमिला मोत्तानले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।
सभाले पञ्चकन्या क्षेत्रमा बौधार्मीक गुरुकुल पाठशाला निर्माण गर्ने, पञ्चकन्या सिमसार क्षेत्र संरक्षण तथा पोखरी निर्माण गर्ने, पञ्चकन्या क्षेत्रमा चारधाम स्थापना गर्ने लगायतका योजना समेत पारित गरेको छ ।
पञ्चकन्यामा प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व
सभाले समितिका संस्थापक अध्यक्ष भिष्म प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दुर्गामान राई, सचिवमा ज्योती अधिकारी, कोषध्यक्षमा प्रमिला मोत्तान र सहसचिवमा जानुका देवि दहाल (ढकाल) सर्वसहमत चयन भएका छन् ।
समितिको सदस्यहरुमा अम्बिका अधिकारी, मनमाया दर्जी, कमल खतिवडा, अजय कुमार राई, विश्वराम नेपाल, उमेश पौडेल, महेश गदाल र मनकुमारी राई सर्वसम्मत चयन भएका छन् ।
सभाले युवराज बाशिष्ठको संयोजकत्वमा सोनामछिरिङ काजी र शान्ता पौड्याल सदस्य रहेको लेखा समिति समेत गठन गरेको छ ।
प्रतिक्रिया