logo
  • २०८३ बैशाख १७, बिहीबार | Thu, 30 Apr 2026
  • हत्या आरोपमा पक्राउ परेका काँग्रेस नेता आलमलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

    • निगरानी
    • २०७६ कार्तिक ३, आईतवार १०:२१ गते
    हत्या आरोपमा पक्राउ परेका काँग्रेस नेता आलमलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

    काठमाडौं। हत्या आरोपमा पक्राउ परेका काँग्रेस नेता तथा निलम्बित सांसद अफताव आलमलाई अदालतले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला अदालत रौतहटले आइतबार उनलाई थुनामा राख्न अनुमति दिएको हो।

    उनी गएको असोज २६ गते रौतहटस्थित आफ्नै घरबाट पक्राउ परेका थिए। आलमको बयान पनि प्रहरीले शुरु गरेको छ। शुरुमा बयान दिन अस्वीकार गरेका आलम आइतबार भने बयान दिन राजी भएका हुन्।२०६४ को संविधानसभा निर्वाचनको मतदान हुनुभन्दा अघिल्लो दिन चैत २७ भएको एक आकस्मिक बम विस्फोटनका घाइतेलाई ईंटा भट्टामा हालेर जलाएको उनमाथि आरोप छ।

    पक्राउ परेसँगै रौतहट २ बाट निर्वाचित सांसद आलम सांसदबाट निलम्बित भइसकेका छन्। आफुले चुनाव जित्न बम विस्फोटको योजना बनाएको र अचानक बम विस्फोट हुँदा रहस्य खुल्ने भयले घाइतेलाई नजिकैको ईंटा भट्टामा हालेर जलाएको उनीमाथि आरोप छ। प्रहरीले उनलाई यो आरोपमा १२ वर्षपछि पक्राउ गरेको हो।



    निगरानी    
  • २०७६ कार्तिक ३, आईतवार १०:२१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP