logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • इलाममा विपद व्यवस्थापन सम्वन्धि सिमुलेसन अभ्यास

    इलाममा विपद व्यवस्थापन सम्वन्धि सिमुलेसन अभ्यास


    इलाम , जेठ २९

    इलाममा विपद व्यवस्थापन सम्वन्धि मनसुन २ अभ्यास सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, ईलामको संयोजकत्वमा ईलाम नगरपालिका वडा नं. १०, सेतुवावेसीमा आइतबार मनसुन २ अभ्यास ( सिमुलेसन अभ्यास ) भएको जनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र रेडक्रस सोसाईटीको संयुक्त आयोजनामा भएको अभ्यासमा पहिरोमा फसेकाको उद्धार, बाढीको क्रममा गरिने उद्धार तथा घरेलु सामाग्रीहरुको प्रयोग गरि तैरिने तरिका समेतको नमूना प्रदर्शन गरिएको जिल्ला प्रशासन कार्यलय इलामका प्रशासकीय अधिकृत सुचना अधिकारी यादव राउतले जानकारी दिनु भएको छ ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढुङ्गाना, रणशार्दूल गणका गणपति प्रमुख सेनानी सुनिल सुवेदि, जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल, इलामका प्रमुख सुरेश सापकोटा, रेडक्रस सोसाईटी इलामका सभापति शिव गौतम तथा जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरु लगायतको उपस्थित रहेको थियो ।



    निगरानी संवाददाता    
  • २०७९ जेष्ठ २९, आईतवार १६:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP