इलाममा ६२ क्बारेन्टाइनमा

Share This
  •  
  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares
इलाममा ६२ क्बारेन्टाइनमा

इलाम / इलाममा बुधबार सम्ममा भारतबाट आएका ६२ जनालाई स्थानीय सरकारले व्यवस्था गरेको क्बारेन्टाइनमा राखिएको छ ।
रोङ गाउँ पालिकाले भारतको उडिसा, चेन्नाई, बंलोर लगायतका क्षेत्रबाट आएका ५६ जनालाई विद्यालयमा क्वारेन्टाइन बनाएर राखेको छ । रोङले वाड न ६ को जिर्मले आधारभुत विद्यालय, कुवापानी माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयमा ५१ जनालाई राखेको छ भने वाड न ५ मा ५ जनालाई क्बारेन्टाइनमा राखेको गाउँपालिका अध्यक्ष समशेर राईले जानकारी दिए । इलाम नगरपालिकाले भारतबाट आएका ६ जनालाई डा मेघबहादुर पराजुली अस्पतालमा राखिएको छ ।

सूर्योदय नगरपालिकाले पशुपतिनगरमा १५ वेडको क्वारेन्टाइन स्थल निमार्ण गरेको मेयर रण बहादुर राईले जानकारी दिए । सूर्योदयमा बुत्रबार सम्ममा ७५ जना विभिन्न देशबाट आएका नागरिकको सख्या सार्वजनीक गरेको छ ।