logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • लकडाउन : इलाममा सय मोटरसाइकल नियन्त्रणमा लिइ छाडियो

    • Avatar विचार
    • २०७६ चैत्र ११, मंगलवार १५:५०
    लकडाउन :  इलाममा सय मोटरसाइकल नियन्त्रणमा लिइ छाडियो


    कोरोना महामारीबाट बच्न सरकारले मंगलबारबाट लागू गरेको लकडाउनका कारण इलाम सुनसान बन्यो । लकडाउनको पहिलो दिन विहान केही सर्वसाधरण मानिसहरु घर बाहिर निस्किए पनि मध्यान्न पछि घरभित्र बसेका हुन । लकडाउनलाई वेवास्ता गरेको भन्दै विहान एक सय मोटरसाइकल नियन्त्रणमा लिई घर फर्किने ,पुन संचालन नगर्ने सर्तमा फिर्ता दिएको इलामका प्रहरी प्रमुख एसपी हिरा बहादुर पाण्डेले बताउनु भयो । यात्रुबाहक सवारी ठप्प बने भने केही मालबाहक ट्रक चलेका थिए । सर्वसाधरणमा जानकारी नएकोले पनि धेरै जसोले विहान सवारी साधन चलाएको बुझिएको छ ।
    अत्यावश्यक सेवाका लागि चलेका सवारीसाधनलाई समेत सुरक्षाकर्मीहरुले रोकेर सोधपुछ गरेका छन । पैदल यात्री तथा मोटर साइकलमा सवार सबैलाई प्रहरीले सम्झाइ बुझाइ नहिड्न सुझाएको छ । लकडाउन पछि १० वटै स्थानियतहका बजारहरु बन्द छन् । बजारमा मानिसहरु हिंडेका छैनन् भने सवारी साधन समेत बन्द छ । लकडाउनलाई पूर्ण रुपमा कार्यानवयन गर्नका लागि सडकमा सुरक्षाकर्मीहरु ब्यापक परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ
    लकडाउनलाई पुर्णरुपमा पालना गर्न जिल्ला प्रशासन कार्यलय इलामले सर्वसाधरणमा अनुरोध गरेको छ । आदेशको उल्लङघन गर्ने जो कोहीलाई कानुनी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइद्धारा जारी सुचनामा उल्लेख छ । इलाम जिल्लामा आवागमन गर्ने नागरिकले १४ दिन सम्म होम क्वारेनटाइनमा बनाई बस्न सुचना मार्फप अपिल गरेको छ ।



    Avatar विचार    
  • २०७६ चैत्र ११, मंगलवार १५:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP