स्वास्थ्य शुरक्षा सहित सडकमा आउँदै काङ्ग्रेस

स्वास्थ्य शुरक्षा सहित सडकमा आउँदै काङ्ग्रेस

इलामःप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ शुरक्षाको पुर्ण पालना गर्दै भोलि (सोमबार) इलाममा भव्य प्रर्दशन गर्ने जनाएको छ ।
जनतालाई कर थुपारेको र राम्रा काम गर्न नसकेको भन्दै मंसिर २९ गते देशव्यापी रुपमा कांग्रेसले प्रदर्शन गर्ने भएको हो । संघिय संसद अवरुद्ध भएको छ महिना बितिसक्दा समेत ओली सरकार चुप लागेर बसेको, निनिगत र ब्यक्तिगत भ्रष्टाचार बढ्दै गएको भन्दै बिरोध गर्न लागिएको नेपाली कांग्रेस इलामका सचिव खगेन्द्र देवानले बताए । संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सरकारका बेतिथीलाई खबरदारी गर्न बिरोध गर्न लागिएको बताइएको छ । कोरोना संक्रमणको बिच पनि बाध्य भएर बिरोध गर्नु परेको भन्दै सामाजिक दुरी कायम सहित मास्कको अनिवार्य प्रयोगलाई ध्यान दिइने सचिव देवानले बताए । इलाममा हुने आन्दोलनमा ११ बजे इलामको ठुलो टुँडिखेलमाभेला भएर प्ले कार्ड सहित नगर परिक्रमा गरिने उनले बताए । इलामको कार्यक्रमलाई केन्द्रीय प्रतिनिधि रामहरी खतिवडाले सम्वोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस इलामकी उपसभापती शान्तिकला राईले बताइन् । उनले राष्ट्रियय मुद्धामा जनतालाई जानकारी गराउने र जिल्ला तहका नेताले स्थानिय स्तरका बेतिथीलाई बाहिर ल्याउने कार्यक्रम तय भएको बताइएको छ । कांग्रेसले एकै दिन ७७ वटै जिल्लामा एकैसाथ प्रदर्शन गर्ने जनाएको छ ।