logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • इलामको माङसेबुङमा १८ जनाको र्‍यापिट टेस्ट

    इलामको माङसेबुङमा  १८ जनाको  र्‍यापिट टेस्ट

    इलाम

    माङसेबुङ गाउँपालिकामा मंगलबार १८ जनाको र्‍यापिट डाइग्नोस्टिक टेस्ट बाट कोरोना परिक्षण गरिएको छ । सबैजनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नको लागि गत चैत्र १ गतेदेखि चैत्र १०/११ गतेसम्म वैदेशिक रोजगारबाट आफ्नो घर आएका १९ जना व्यक्तिहरुलाई गाउँपालिकाको पहलमा परिक्षण गरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङोले बताउनु भयो । परिक्षणमा १८ जना मात्र आएका थिए ।होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई वडा नं. ०२ मा रहेको इभाङ स्वास्थ्य चौकीमा जिल्ला जनस्वास्थ्य कार्यालय बाट गएको टोलीले परिक्षण गरेको हो ।



    निगरानी डेक्स    
  • २०७७ बैशाख ९, मंगलवार १६:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP