गोठे मल सुधार गर्न सूूर्योदयका किसानलाई ड्रम र सिलपोलिन वितरण

गोठे मल सुधार गर्न सूूर्योदयका किसानलाई ड्रम र सिलपोलिन वितरण


इलामको सूर्योदय नगरपालिकामा  गोठे मल सुधार गर्न ७० जना किसानलाई ड्रम र सिलपोलिन वितरण गरिएको छ । गोठे मल सुधार गर्न २०० लिटरको ड्रम र सिलपोलिन वितरण गरी प्रयोग सम्वन्धि जानकारी समेत दिईएको छ ।
दिगो रुपमा खाद्य उत्पादन प्रणाली सुनिश्चत गर्ने आधार तयार गर्न , उत्पादन वृद्धि गर्न , पर्यावरणीय प्रणाली कायम राख्न नगरले किसानलाई साथ दिने नगर प्रमुख रण बहादुर राईले बताउनुु भयो ।
निर्वाहमुखी कृषिलाई व्यावसायिक रूपान्तरण गर्नका लागि साना साना कुराहरूमा नगरले सुधार गर्ने सोच बनाएको  नगर प्रमुख राईले बताउनु भयो । गोठे मल कसरी तयार गर्ने भन्ने बारे किसानहरूलाई  प्रविधि हस्तातरण गरिएको जनाइएको छ । गोठको मललाई व्यवस्थित गर्न र ४५ दिनभित्र कसरी तयार गर्ने बारेमा किसानलाई जानकारी गराईएको छ ।