logo
  • २०८१ फाल्गुन ६ | Tue, 18 Feb 2025
  • सिन्धुपाल्चोकमा भोकै इलामे

    सिन्धुपाल्चोकमा भोकै इलामे

    इलाम: पाँच बर्ष अघि भुकम्पले भत्काएका घरहरु अहिले नयाँ स्वरुपमा उभिदै छन् । तिनै घरहरु उभ्याउन पुगेका इलामेहरु भने कोरोनाको महामारीमा भोकै पर्न थालेका छन् ।
    देउमाई नगरपालिकाका आधा दर्जन इलामेहरु अहिले आधापेट खाएर कटेरोमा रातकाट्न बाध्य छन् । उनीहरु मात्रै हैन सिन्धुपाल्चोक पुगेका श्रमिकहरु अहिले गाँस न बासको अवस्थामा पुगेको देउमाईका मिलन सुब्बाले बताए ।
    घरखर्च चलाउन त्यहाँ पुगेका उनीहरुलाई घर फर्कन स्थानीय सरकारले समेत सहयोग नगरेपछि अप्ठ्यिारोमा परेको नर बहादुर सुब्बाले बताए । उनले भने ‘हाम्रा भोकै छौ, घर फर्कन सहयोग पाउँ’
    अरु जिल्लाले आफ्नै पहलमा जिल्ला बाहिरका नागरिकलाई घर फर्काइरहेको अवस्थामा इलामको स्थानीय प्रशासन र जनप्रतिनिधिहरुको बैठकले जिल्ला बाहिरका नागरिकलाई उतै रोक्ने निर्णय गरेपछि श्रमिक र विद्यार्थी संकटमा परेको काठमाण्डौमा अध्यानरत इलामका सन्तोष गौतमले बताए ।
    विद्यार्थीको विलौना
    श्रमिकमात्रै हैन काठमाण्डौमा रहेका विद्यार्थीहरुको अवस्था पनि नाजुक बन्दै गएको इलामबाट काठमाण्डौ गएर संकरदेव क्याम्पसमा स्नातकोत्तर तहमा अध्यानरत रविन दहालले बताए । उनले सुनाए ‘पसलमा चामल पाइदैन, पानीको अभाव छ ।’ लकडाउन लम्वियो भने भोकमरी लाग्ने उनले बताए । स्थानीय सरकारले विवरण भरेर लगेपनि राहतका लागि कुनै पहल नभएको उनले बताए । २२ कोठे घरमा बसेका उनले भने ‘अरु जिल्लाका सबै घर फर्के इलामका दुई जनामात्रै फर्कन पाएनौ ।’
    मैतिदेवीको साइन वोइज हस्टलमा बस्ने इलामको माइजोगमाई ३ नयाँबजारका हिमाल श्रेष्ठ होस्टलमा इलामका दुई जना बाहेक सबै घर फर्किएको बताउँछन् । उनले भने ‘स्टोरमा चामल सकिन लाग्यो, दुई जना मात्रै छौ, डिप्रेसन हुनलाग्यो ।’ घर पुगेर परिवारको अनुहार हेर्नपाए ‘फ्रेस हुने’उनको चाहाना पनि जनप्रतिनिधि र प्रशासनको निर्णयले भत्काइदिएको छ ।
    स्थानीय प्रशासनले अनुमती दिए जिल्ला बाहिर रोकिएका सबै नागरिकलाई घर घर ल्याउने घोषणा गरेका इलामका समाजसेवि डम्बर खड्काले जिल्ला प्रशासनसंग अनुमतिका लागि पहल भै रहेको बताए । सम्पर्कमा आउन सार्वजनिक आव्हान गरेपछि ४ सय भन्दा माथी विद्यार्थी र विभिन्न जिल्लाका मजदुर सम्पर्कमा आएको खड्काले बताए ।
    जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जिल्ला फर्काएर व्यवस्थापन गर्न नसकिने भएकाले बाहिर भएकालाई घर नर्फकाउने निर्णय भएको बताए । इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइले लकडाउनलाई थप कडा बनाउँदै कसैलाई पनि जिल्ला भित्र प्रवेश गर्न प्रतिवन्ध लगाएको जानकारी दिए । जिल्ला समन्वय समिति, स्थानीय प्रशासनर इलाका स्थानीय तहका प्रमुखहरुको शुक्रबारको बैठकले इलामबाहिर रहेका नागरिकलाई जहाँछने त्यहि बस्न आग्रह आग्रह गरेको छ । यस अघि केहि स्थानीय तहले जिल्ला बाहिर रहेकालाई ‘उद्धार गर्ने’ भन्दै तथ्याक संकलन गरेको थियो ।



    निगरानी संवाददाता    
  • २०७७ बैशाख १४, आईतवार १४:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP