logo
  • २०८१ आश्विन २३ | Wed, 09 Oct 2024
  • इलामका क्रियाशील पत्रकारलाई प्रेस संगठनद्धारा पिपिई वितरण

    इलामका क्रियाशील पत्रकारलाई प्रेस संगठनद्धारा पिपिई वितरण


    इलाम , भाद्र १४

    कोरोना संक्रमणको जोखिम बढेको भन्दै फिल्डमा खटिने इलामका पत्रकारहरुलाई प्रेस संगठनले पिपिई (व्यक्तिगत सुरक्षा सामाग्री) बितरण गरेको छ । जिल्लामा रहेर पत्रकारिता गर्ने क्रियाशिल पत्रकार र मिडिया हाउसलाई प्रेस संगठन नेपाल इलाम शाखाले एक कार्यक्रमको आयोजना गरी आइतबार पिपिई वितरण गरेको हो । पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का संघीय सांसद झलनाथ खनालले पत्रकार र संचारमाध्यमका लागि भनेर २५ थान पिपिई र गगल्स उपलब्ध गराएका थिए । जस अनुरुप सदरमुकाममा कार्यरत १६ जना पत्रकारलाई पिपिई वितरण गरिएको हो । सदरमुकाम बाहिर रहेर रिर्पोटिङ गर्ने पत्रकारलाई सोमबार पिपिई वितरण गरिने संगठनका इलाम संयोजक सुजन तिम्सिनाले जानकारी दिए ।

    कोभिड(१९ रिर्पोटिङमा खटिने पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखेर पिपिई उपलब्ध गराइएको तिम्सिनाले बताए । अस्पतालमा संक्रमितहरुको वास्तवीकता र स्वास्थ्यकर्मीको समस्या बाहिर ल्याउन फिल्डमै गएर रीपोर्टिङ गर्न पिपिईले मद्धत पुग्ने अपेक्षा लिइएको छ । खनालले इलाम निर्वाचन क्षेत्र नम्बर १ लगायतका विभिन्न स्थानीय तहमा ८ सय थान पीपीई र १५ सय थान गगल्स वितरण गरेका छन । विश्वभर फैलिएको कोरोना महामारीबाट जोगिन अग्रभागमा खटिने पत्रकारलाई उनले स्वास्थ्य सामग्री उपलबध गराएका हुन । प्रेस संगठनले यसअघि संचारगृह र संचारकर्मीलाई सर्जिकल माक्स र सेनिटाइजर वितरण गरेको थियो



    Avatar निगरानी    
  • २०७७ भाद्र १४, आईतवार १६:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP