logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • फुङलिङ आगलागी : हेर्दाहेर्दै घर खरानी

    फुङलिङ आगलागी : हेर्दाहेर्दै घर खरानी

    ताप्लेजुङ ः ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैक लाइनमा शुक्रबार रातिको आगलागीबाट आठ घरमा रहेको ११ पसल हेर्दाहेर्दै खरानी बने । काठले बनेका घरहरुमा दन्केको आगोका कारण त्यहाँ बस्ने ३७ परिवार विस्थापित भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
    राती साढे १० बजे सुरु भएको आगो शनिबार बिहान मात्रै नियन्त्रणमा आएको थियो । शनिवार मध्यान्न स्थानीय पत्रकार सितारमा गुरागाईले सुनाए‘अहिलेपनि धुवाँ आइरहेको छ ।’
    ताप्लेजुङमा बर्षेनी जस्तो डरलाग्दा आगलागीका घटना हुने गरेको छ । २०७१ सारमा तोक्मेमा भएको आगलागीमा ४४ घर खरानी भएका थिए । २०६० को आगलागीमा विरेन्द्र चोकका ४५ घर आगलागीको सिकार भएका थिए ।
    आगोको क्षती नियन्त्रणका लागि स्थानीय, फुङलिङ र फिदिम नगरपालिका दमकल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले रातभरी प्रयास गरेका थिए ।
    प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार क्षतिको संकलन भइरहेको छ । आगोले विचल्ली भएकाहरु त्रास र चिन्तामा छन् ।
    जस्तापाताका छाना भएको ठाउँबाट सुरु भएको आगलागीले खेम केसीको ४ तले पक्की घरसहित नेत्रबहादुर कार्की, खेमराज कार्की, चन्द्रप्रसाद निरौला, खड्ग थापा, ठगबहादुर कार्की, नारायण भट्टराईं, हस्तमाया लेछर्वो र रामकुमार शाहको घर पूर्णरुपमा जलेको छ ।
    खेम केसीको घरमा अलैंची र खाद्यान्नको गोदामसहित पसल थियो भने अन्य घरमा होटल, स्टेसनरी र चिया पसल थिए । जिल्ला फुटबल संघ, जिल्ला प्याब्सन, अलैंची व्यावसायी संघ, नेपाली कांग्रस जिल्ला कार्य समितिको कार्यालय पनि जलेका छन् ।
    स्थानिय पत्रकार सन्तोष पुरकुटीले सुनाए ‘पिढीतको अवस्था दयनीय छ, रुदै बस्नुको विकल्प के छ र ?’ नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले पिढीतहरुलाई विहान राहत वितरण गरेको उनले जानकारी दिए । उनले भने ‘अहिले दैविक प्रकोप उद्धार समितिको बैठक बसीरहेको छ ।’



    Avatar निगरानी संवाददाता    
  • २०७७ बैशाख २०, शनिबार ०८:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP