इलाम ,भाद्र २६
बाल दिवसको अवसरमा आगामी भाद्र २९ गते प्रदेश १ स्तरीय बक्तृत्वकला प्रतियोगिता संचालन हुने भएको छ । प्रतियोगिताको आयोजना मानव अधिकार मञ्च नेपाल इलामले गर्दैछ । भर्चुअल प्रतियोगितामा प्रदेश १ का १४ जिल्लाका एक एक जना बालबालिकाले जिल्लाको प्रतिनिधित्व गदै पतिस्पर्धा गर्ने तयारी भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस अघि प्रदेश १ का १४ वटै जिल्लामा जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भइ १४ जना प्रतिस्पर्धी छनौट भइसकेका छन । जिल्ला स्तरीय प्रतियोगितामा २ सय ८ जना सहभागी भएका थिए । प्रत्येक जिल्लामा भएको छनौट प्रतियोगितामा १८ वर्ष ननाघेका सबै विद्यालय विद्यार्थी मञ्चले प्रदेश १ मा संचालन गरी रहेको बाल संरक्षणको लागि एक्यबद्धता परियोजना मार्र्फत प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक रुद्र थेबेले बताउनु भयो । ‘कोरोना भाइरस (कोभिड १९) ले बालबालिकामा पारेको असर र सरोकारवालाको भुमिका’ भन्ने विषयमा बक्तृत्वकला प्रतियोगिता हुने जनाइएको छ । नेपाली भाषामा हुने प्रतियोगितामा प्रत्येक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ । प्रतियोगिताको बिजेताले पन्ध्र हजार , दोस्रोले दस हजार र तेस्रोले पाँचहजार रुपैया प्राप्त गर्ने छन । प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नुहुने कार्यक्रम तय भएको छ । कारोना संक्रमणको महामारीका बीच जुम एप मार्फत भर्चुअल प्रतियोगिता गरी बालबालिकालाई प्रविधि प्रयोग गर्न सिकाउदै उनीहरुमा रहेको प्रतिभा पहिचान र प्रष्फुटन गर्न लागिएको मञ्चले जनाएको छ । महामारी सँगै बालबालिका बचाउ ,संरक्षण , विकास र सहभागिता सम्बन्धी विभिन्न कार्यक्रम संचालन गर्दै आएको मञ्चका अध्यक्ष मोहन सिंह थेबेले बताउनु भयो । महामरीको बेला बालबालिकाले भोगेको समस्याहरु उनीहरुकै मुखबाट सरकारलाई सुनाएर सरकारलाई जिम्बेवार बनाउन कार्यक्रम गरिएको बताउनु भयो । पत्रकार महासंघका प्रदेश १ का उपाध्यक्ष सोम सुशेलीले प्रतियोगिता सान्दर्भिक रहेको बताउनु भयो । महामारीका बेला सबै उमेर समुहलाई अस्रर पुर्याइरहेका बेला बालबालिका बढी प्रभावित भइरहेकाले यो प्रतियोगिताले बालबालिकालाई सकृय बन्न सहयोग पुग्ने बताउनु भयो । पत्रकार महासंघ केन्द्रीय सदस्य सटेन्द्र जबेगुले महामारीले त्रसित बनाएको अवस्थामा बालबालिका लामो समय विद्यालय जान नपाई घरैमा बस्न बाध्य भएकोले मनोबैज्ञानिक असर पुगीरहेको अवस्थामा कार्यक्रम सृजनात्मक रहेको बताउनु भयो ।
यसबर्ष ‘बाल अधिकारको सुनिश्चितता हामी सबैको प्रतिबद्धता ’भन्ने मुल नारा तय भएको छ ।
प्रतिक्रिया