logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • झापामा थप एकजनामा कोरोना संक्रमण

    झापामा थप एकजनामा  कोरोना संक्रमण

    झापामा सोमबार थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पोजेटिभ देखिएका व्यक्ति कचनकवल गाउँपालिका वडा नं–६ का ३२ वर्षीय पुरुष रहेको जनाइएको छ ।विराटनगरस्थित प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।उनी गएको शनिवार भारतबाट नेपाल भारत सिमानामा आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
    उपचारका लागि विराटनगर स्थित कोशी हस्पिटलमा पठाइएको छ । सातदिन अघि भारतको मुम्बईबाट दिल्ली हुँदै ट्रकमा नेपाल–भारत सीमावर्ती क्षेत्र कचनकवलमा आइपुगेका उनीसहित ३३ जनालाई कचनकवलको क्वारेन्टाइनमा राखिएको थियो । सीमानाकाबाट नेपाल प्रवेश गरेका उनीहरु गाऊमा प्रवेश गर्न नपाइ क्वारेन्टाइन पुर्याइएको थियो । भारतबाट नेपाल छिरेका ३३ सै जनाको शनिबार नमूना परीक्षणका लागि स्वाब पठाइएकोमा अरु ३२ जनाको रिर्पोट आउनै बाँकी रहेको छ ।सोमबार कोरोना पोजेटिभ देखिएका व्यक्ति झापामा तेस्रो हुन् । यस अघि दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका एक एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।



    निगरानी डेक्स    
  • २०७७ जेष्ठ ५, सोमबार १३:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP