बार एसोसिएसन इलाम अध्यक्षमा पौडेल निर्वाचित

बार एसोसिएसन इलाम अध्यक्षमा पौडेल निर्वाचित

इलाम: उच्च अदालत बार एसोसिएसन इलाम अध्यक्षमा अधिबक्ता उत्तम पौडेल निर्वाचित हुनु भएको छ । अध्यक्ष पदमा २४ मतले कृष्ण श्रेष्ठलाई पराजित गर्दै पौडेल निर्वाचित हुनुभएको हो । निवाचित पौडेलले ३४ श्रेष्ठले १० मत पाएका थिए । 
उपाध्यक्षमा विद्या सापकोटाले ३२ प्राप्त गर्दै विजयी हुनु भयो । प्रतिष्पर्दी भिम रिजालले १२ मत प्राप्त गर्नु भयो । सचिवमा लोकबहादुर तामाङ, कोषाध्यक्षमा प्रदिप अधिकारी निर्वाचित भएका छन् । सदस्यहरुमा जसबहादुर लुंगेली, सुधिर बोहोरा, अशेष मगर, तीर्थराज खतिवडा र जीवन कोइराला निर्वाचित भएका छन् । 
केन्द्रिय पार्षदमा हिरन्य प्रसाद अधिकारी ४० मत, मणीराम निरौला ३३ मत र भाष्कर पोखरेलले ३२ मत सहित विजयी भएका छन् ।
अध्यक्ष सहित उपाध्यक्ष र केन्द्रीय पार्सद गरि तीन पदमा मात्र चुनाव भएको थियो । अन्य पदमा सर्वसहमत नेतृत्व चयन भएको हो ।  
यस पटकको नेतृत्व चयनका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) र डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले गठबन्धन गरेका थिए । श्रेष्ठ भने गणतान्त्रिक प्रगतीशिल कानुन व्यवसायी एसोसिएसन आरपिएलएबाट अध्यक्षमा मनोनयन दर्ता गराउनु भएको थियोे ।