इलाम जेठ ९ । नेपाली कांग्रेसका नेता भेसराज आचार्यले इलाम अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्नु भएको छ। इलाम सदरमुकाममा रहेको जिल्लाकै एकमात्र ५० शैयाको अस्पताललाई १५ थान अक्सिजन सिलिण्डर उपलब्ध गराउनु भएको छ ।
आईतबार अस्पातलमा नै पुगेर नेता आचार्यले अस्पातलका प्रमुख प्रभु शाह र ब्यब्स्थापक क्षितिज खतिवडालाई उक्त सामाग्री हस्तातरण गर्नु भएको हो । कोरोना भाईरसका कारण यो बिषम परिस्थितीमा बिरामी हुँदा इलामका नागरिकहरुलाई उपचारमा केही भएपनी मद्दत पुग्ने भएकाले उपलब्ध गराएको आचार्यले बताउनु भयो ।
करिब तिन लाख मुल्य बराबरको उक्त सामाग्री अनुसन्धान तथा बिकास नेपाल सस्था मार्फत खरिद गरेर ल्याइएको हो । इलाममा संक्रमितको संख्या बढ्दै गएपछि स्वदेश तथा बिदेशमा रहेका इलामे नागरिकहरुले इलाम अस्पतालमा अक्सिजन सहित विभिन्न स्वास्थ सामग्री उपलब्ध गराउदै आएका छ्न ।
प्रतिक्रिया