इलाम ।नेपाली कांग्रेस इलामको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा मतगणना सुरु भएको हो ।
नयाँ नेतृत्वका लागि शुक्रबार सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा मतदान भएको थियो ।
एक हजार सात सय ९५ मतदाता मध्ये एक हजार सात ३२ मत खसेको थियो ।
जिल्ला एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव, २१ कार्यसमिति, एक महाधिवेशन प्रतिनिधि (अपाङ्ग) र १४ महासमिति सदस्यका लागि मतदान भएको थियो ।
निर्वाचनमा पार्टीको नेतृत्वका लागि दुई प्यानलले प्रतिष्पर्धा गरिरहेका छन् । सभापति पदका लागि भेषराज आचार्य र डम्बर खड्का चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतिक्रिया