बानका अध्यक्ष न्यौपानेको कोरोना संक्रमणका कारण निधन

बानका अध्यक्ष  न्यौपानेको कोरोना संक्रमणका कारण निधन

सुनसरी , जेठ १४। सुनसरीको इटहरीमा रहेको सप्तकोसी एफ एम का स्टेशन म्यानेजर तथा निजी रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकाष्टर्स एशोसिएसन अफ नेपाल (बान) का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद न्यौपानेको कोरोना संक्रमणका कारण शुक्रबार निधन भएको छ ।

सुनसरी को इटहरी घर भएका ५० वर्षे न्यौपानेमा कोरोना संक्रमण भएपछि वैशाख २८ गतेदेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । पछिल्लो समय भेन्टिलेटरमा उपचारकै क्रममा आज बिहान विराट मेडिकल अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था बिहीबारबाटै खराब हुँदै गएको थियो । पछिल्लो समय उहाँको मुटुमा समस्या देखिएको थियो ।