संक्रमण बढे पछि वडा सिल

संक्रमण बढे पछि वडा सिल

इलाम असार १६ । इलाम नगरपालिका १ मा बुधबार एकै दिन १९ जनामा संक्रमण देखिएपछि संक्रमण नियन्त्रणका लागि वडा सिल गरिएको छ ।
संक्रमण नियन्त्रणभन्दा बाहिर गएकाले वडाबासीको सुरक्षाका लागि बुधबार राती १२ बजेदेखि लागु हुने गरे वडामा आवातजावत तथा बजार बन्द गरिएको सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले निषेधाज्ञालाई खुलुलो बनाएको छ । तर इलाममा संक्रमण दर भने बढ्न थालेको छ। वडाले भने संक्रमण बढ्दै गएकाले विहान १० बजेसम्मसम्म मात्र अतिवाश्यक र खाद्यान्न पसलहरु खोल्ने र आवश्यक पालिकाको सेवाहरु प्रदान गर्ने गरी वडामा भीडभाड नियन्त्रण गरिएको वडाध्यक्ष अम्बिका गौतमले बताउनु भयो ।