logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • युवाको सकृयतामा “हेल्थ डेक्स”

    युवाको सकृयतामा “हेल्थ डेक्स”


    फिक्कल/ शहरबाट फर्केका मानिसहरु शहरमा त्रास बढि सावधानी कम भएको सुनाउँछन् । सहरमा डराएका युवाहरु धमाधम घर फर्कदै छन् । यता इलामको सूर्योदय नगरपालिकाका युवाहरुले भने सडकमा हेल्थ डेक्स खोलेर सचेतना जगाउन शुरु गरेका छन् ।
    विश्वभरि नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण उत्पन्न कठिन परिस्थितिमा नागरिकलाई सहयोग गर्न सूर्योदय नगरपालिकाका युवाहरुले फिक्कलमा हेल्थ डेक्स स्थापना गरेका हुन् ।
    जिल्ला फर्कन थालेका मानिसहरुलाई लक्षित गरेर हेल्थ डेक्स शुरु गरेको सूर्योदय होटल व्यवसायी संघ फिक्कलका सचिव युवराज प्रधानले जानकारी दिए । डेक्स मार्फत थर्मल गनले ज्वरो, जनचेतनामुलक सामग्री वितरण गर्ने, स्यानेटाइजरको निशुल्क प्रयोग गर्ने ब्यवस्था मिलाईएको हेल्थ डेक्स सञ्चालक समितिका सदस्य दिनेश महतले जानकारी दिए । हेल्थ डेक्समा प्राविधिक सहयोग रेडक्रसको सूर्योदय शाखाले गरेको छ ।
    उनीहरुले घरमै आइसोलेसनमा बस्न नसक्ने र संक्रमितका लागि स्वास्थ्यकर्मी सहितको आइसोलेसन वार्डको व्यवस्था गर्न सूर्योदय नगरपालिकालाई आग्रह समेत गरेका छन् । युवाहरुले रोशन श्रेष्ठको संयोजकत्वमा राजन प्रधान, युवराज प्रधान, अभिषेक प्रधान र दिनेश महत रहेको हेल्थ डेक्स सञ्चालक समिति समेत गठन गरेका छन् ।



    निगरानी संवाददाता    
  • २०७६ चैत्र ९, आईतवार ११:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP