इलाम , चैत ६ ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एमालेले लगाइदिएको सांसदको फुली बोकेर, मेयरको फुली बोकेर कम्युनिस्टको विरुद्धमा लागेको बताएका छन । नेता ओलिले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र समेत रहेको इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै , ‘एमालेले लगाइ दिएको जुँगामा ताउ लगाएर एमालेको बाकस खाली गर्छु भन्ने भन्दै प्रश्न गरे ।
बाकस कस्को खाली गर्ने कुराको जवाफ अबको स्थानीय चुनावमा दिन आग्रह गरे । उनले एमालेलाई चिमोट्न वा टोक्न नखोज्न चेतावनी दिएका छन । एमालेले वैशाख ३० गते पाँच दललाई एउटै कुच्चाले बढार्ने दाबी गरे ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमाले एकतावद्ध भएर एक ढिक्का भएको बताए । झलनाथ खनाल लगायतले एमालेबाट चुनाव जितेर पार्टी र मतदातालाई धोका दिँदै विपक्षीलाई सत्तामा पुरयाएको नेम्बाङले बताए । खनालले
जनताको खुट्टा ढोगेर माफी माग्न पर्ने बताए । नेकपा एमाले सूर्योदय नगर कमिटी अध्यक्ष दुर्गादेवी भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकालाइ स्वागत गरेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया