उच्च अदालत घटना : सुरक्षा गार्डले गरे हत्या

उच्च अदालत घटना : सुरक्षा गार्डले  गरे हत्या

इलाम , असार २९

उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत महिला कर्मचारी बिमला पराजुलीको प्रहरीको असई युवराज बानियाँले गरेको खुलेको छ । उच्च अदालतका मूख्य न्याधिशका गार्ड रहेका प्रहरीका बानियाँले पराजुलीको हत्या गरेकोले बानियाँलाई सोमबार नै नियन्त्रणमा लिएको आज पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


बानियाँले हत्या गरेको स्वीकारेको इलामका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताउनु भएको छ । बानियाँलाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ । आइतबार साँझ मुख्य न्याधिसको क्वाटरमा हत्या गरेको र शव बाहिर फ्याकेको प्रहरीले जनाएको छ । बानियाँ र मृतक पराजुली बीच लामो समयदेखि सम्बन्ध रहेको प्रहरीको भनाई छ । आर्थिक लेनदेनको विषयमा झगडा भएपछि हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको जनाईको छ ।
शव अर्धनग्न अवस्थामा भेटिएकाले बलात्कार पछि हत्या हो भन्ने आशंका भएपनि अनुसन्धान हुन बाकी रहेको छ । बानियाँले हत्या गरेको स्वीकार गरेपनि बलात्कार स्वीकार नगरेपनि अनुसन्धान गरीरहेको एसपी श्रेष्ठले बताउनु भयो । धनकुटा होली खर्क– ५ घर भएका ३५ वर्षीय प्रहरी असई बानियाँ दुई वर्षदेखि मूख्य न्यायधिशको गार्डको रुपमा कार्यरत थिए । मूख्य न्यायधिश बिदामा रहेको र क्वाटरको तालाचाबी बानियाँसँगै रहेकाले त्यसपछि दुवै जना क्वाटरभित्र गएका थिए । त्यसपछि भनाभन हुदाँ घटना भएको जनाइएको छ । पराजुली अदालत परिसरमा रहेको करेसाबारीमा सब्जी टिप्न गएको उनले नै बायिाँलार्ई अदालत बोलाएकी प्रहरीको भनाई छ । मृतककोे दुई तोलाको सिक्री बानियाँको निवासबाट प्रहरीले बरामद गरेको छ । कानको टप क्वाटरको ढोकामा राखिएको म्याटमा भेटिएका प्रहरीले जनाएको छ । मृतकको मोबाइल र ब्याग कार्यालय भित्रै भटिएको प्रहरीले जनाएको छ । उच्च अदालतकी कार्यालय सहयोगी ४८ वर्षीया विमलादेवी पराजुलीको सोमबार विहान ्अदालत परिसरमा कार्यलय पोसाकमै शव भेटिएको थियो । सोलाुखुम्बु नेचा सल्यान गाउँपालिका २ घर भएकी पराजुली इलाम नगरपालिका ७ मा डेरामा बस्दै आएकी थिइन । संघीय प्रहरी इकाइ धरानबाट तालीम प्राप्त कुकुर सहितको विशेषज्ञ टोली ल्याएर ‘डग स्निफिङ ’ गरी अनुसन्धान गरेको थियो ।