इलाम , वैशाख २२ :घरको जग खन्ने क्रममा पुरिएर इलाममा ४ जनाको मृत्यु भएको छ ।सूर्याेदय नगरपालिका १० फिक्कलका विनोद श्रेष्ठको नयाँ बनाउदै गरेको घरको जग खन्ने क्रममा चार जना भारतीय कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनु भएको छ ।
मृत्यु हुनेमा भारतको बिहार स्थित किसनगञ्ज डिगलबैंक ५ बस्ने तोसिब आलम, अजि मोदिन, मुजाफर आलम र अब्दुुल आलम रहेका छन । प्रहरीका अनुसार मृत्यु हुने चारै कामदार १८ देखि २० वर्ष उमेरका रहेका छन । उनीहरूलाई अपराह्न पौने ५ बजेर ५० मिनेट को समयमा पुरेको थियो । उद्धार गरी फिक्कल हस्पिटल पुर्याउदा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।