इलाममा एकैदिन८५ जना कोरोना संक्रमण पुष्ठि भएको छ ।मङलबार इलाम नगरपालिकामा २५ जना, सूर्योदय नगरपालिकामा २३ जना, रोङ गाउँपालिकामा ९ जना, सन्दकपुर गाउँपालिमा १९ जना, देउमाई नगरपालिकामा ८ जना, फाकफोकथुम गाउँपालिकामा ८ जना, माई नगरपालिकामा ६ जना र सन्दकपुर गाउँपालिकामा ६ जना संक्रमित भएको जिल्ला प्रशासन कार्यलयले तथ्यांकमा उल्लेख गरेको छ । इलाममा कोरोना संक्रमणको ग्राफ पुन बढ्न थालेको छ । इलाममा सोमबार एकैदिन एक सय ३ जना संक्रमित भएका थिए । मृत्यु हुनेकाे संख्या ६० पुगेकाे छ ।
प्रतिक्रिया