बाँकेमा आज थप १ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यो सगै नेपालमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
पछिल्लो पटक आज बाँके जिल्लाको नरैनापुरका २५ वर्षीय पुरूषको कोरोना भाईरसका कारण निधन भएपछि मृतकको संख्या २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्का क्रममा जानकारी दिनुभयो ।
यस अगाडि हिजो सिन्धुपाल्चोककी २९ वर्षिय महिलाको कोरोनाका कारण मृत्यु भएको थियो ।
मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हाल संक्रमण पुष्टि भएका हरू मध्ये ३६ जना उपचार पछि निको भई घर फर्किएका छन भने बाँकी संक्रमितहरुको विभिन्न अस्पतालहरूमा उपचार भईरहेको छ ।सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल सम्म नेपालमा २ सय ३६ जना पुरूष र ५५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया