logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • चिया कारखानामा आगलागी , तीन करोड बराबरको क्षति

    चिया कारखानामा आगलागी , तीन करोड बराबरको क्षति

    इलाम साउन १५।
    इलामको सूर्योदय नगरपालिकामा रहेको चिया कारखानामा आगलागी भएको छ । सूर्योदय नगरपालिकाको वडा नं ८ मालुम स्थित रक्तकाली चिया उद्योगमा गए राती करिब १ बजे तिर विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट तीन करोड बराबरको क्षति भएको छ । आगलागिबाट टिनको छाना, टिनको बेरा भएको भवन, भवन भित्र रहेको चिया बनाउने ६ वटा मेसिन, स्टक चिया , चिया बनाउने कच्चा पदार्थ समेत पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । दिनेश माझीको नाममा रहेको उद्योगमा लागेको आगलागी प्रहरी, शसस्त्र प्रहरी, स्थानीय र बारुण यन्त्रको सहयोगमा बिहान ४ :१५ बजे नियन्त्रणमा आएको थियो ।



    निगरानी संवाददाता    
  • २०७८ श्रावण १५, शुक्रबार ११:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP