logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • राज्यलाइ अफ्ट्यारो पर्दा नेपाली कांग्रेसनै आवश्यक : सहमहामन्त्री आङ्देम्बे

    राज्यलाइ अफ्ट्यारो  पर्दा नेपाली कांग्रेसनै आवश्यक : सहमहामन्त्री आङ्देम्बे

    नेपाली कांग्रेसका सह- महामन्त्री भिष्म राज आङदम्बे १४औ महाधिबेशनले पार्टीमा जागरण र रुपान्तरण भएको बताउनु भयो । नेपाली कांग्रेस सुर्योदय नगरपालिका वार्ड न. ४ र ५ ले बुधबार सुर्योदय ५ स्थित पर्यटन सूचना केन्द्रमा आयोजना गरेको सम्मान तथा अग्रज कार्यकर्ता भेला कार्यक्रममा यस्तो बताउनु भएको हो ।लामो अनुभब र संघर्ष भएका नेताहरु साथै युवा साथीहरु पनि यो महाधिबेशनबाट पार्टीको जिम्मेवारीमा आउनु भएकोले पार्टीको स्पस्ट अजेण्डामा अडिक भइ लोकतान्त्रिक सस्थाहरुलाई मजबुत पार्न र संबिधानको मर्मअनुरुप अघि बढ्ने धारणा व्यक्त गर्नु भयो|
    जनताले दिएको जनमत त्यो पनि स्पष्ट बहुमत ३ बर्ष भन्दा अलि बढी समय टिक्न नसकेको भन्दै उहाँले निर्वाचन परिणामले नेपाली कांग्रेसलाइ सानो बनाएता पनि राज्यलाइ अफ्ट्यारो पर्दा नेपाली कांग्रेसनै आवस्यक रहने प्रमाण यो परिद्र्श्यले देखाएको बताउनु भयो| नेपाली कांग्रेसको १४औ महाधिबेशन भैरहेको बखत पनि अन्य कम्युनिष्ट पार्टीहरुको पनि महाधिबेशन भैरहेको तर नेपाली कांग्रेसको अधिबेशन देश विदेशमा चर्चा भएको सबै भन्दा लोकतान्त्रिक पार्टीको रुपमा प्रमाणित भएको पनि उल्लेख गर्नु भयो|
    कार्यक्रममा सुर्यदय नगरपालिका वार्ड न. ४ र ५ का ४० घरधुरी पार्टी प्रवेश गरेका छन् | संबिधान सभाका सदस्य तथा महासमिति सदस्य टिका राम सुब्बा लेप्चा, महासमिति सदस्य प्रेम लाल राई, धन कुमार आले, क्षेत्रिय सभापती शम्शेर राई, महाधिबेशन प्रतिनिधिहरु प्रदेश सभापति मैया लिम्बु, निस्कल राई, सुर्योदय नगर सभापति जीवन नेपाल र वडाका अन्य अग्रज कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो| कार्यक्रमको सभापतित्व वडा न.५ का सभापति कृष्ण बहादुर तामाङले गर्नु भएको थियो भने स्वागत मन्तब्य वडा ४ का सभापति उमेश कुमार लाप्चाले गर्नु भएको थियो|



    Avatar निगरानी संवाददाता    
  • २०७८ पुष २२, बिहीबार ०४:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP