नेपाली कांग्रेसको इलाम नगरसभापतिमा तिर्थ गुरुङ निर्वाचित

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
नेपाली कांग्रेसको इलाम नगरसभापतिमा तिर्थ गुरुङ निर्वाचित


इलाम , असोज १० । नेपाली कांग्रेसको इलाम नगरसभापतिमा तिर्थ गुरुङ निर्वाचित हुनु भएको छ । गुरुङले  १२८ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो ।  नगर सभापतिका प्रतिष्पर्धीहरु अमृतलाल श्रेठले ८०, लिला थापाले ७५, निर्मल राउतले ७३ र सोम सुसेलीले १९ मत प्राप्त गरेका छन् ।
नगर उपसभापतिमा सुशीला सापकोटा र उर्मिला निरौला बिजयी भएका छन । सापकोटाले १४६ मत निरौलाले १२१ मत प्राप्त गर्दै निर्वाचित भए । सचिवमा विरेन्द्र कार्की र निराजन भट्टराई बिजयी भएका छन । कार्कीले  १६७ मत भट्टराईले १६० मत प्राप्त गर्दै विजयी भएका छन  । सहसचिवमा प्रज्वल घिमिरेले र विरेन्द्र राई विजयी भएका छन ।  नगर समिति सदस्यहरु  भने निर्विरोध निर्वाचित भएका छन् ।